काङ्ग्रेसका विश्लेषक पुरञ्जन आचार्य भन्छन्–“दुई ठूला दलले अब कुनै कारणविना, कसैलाई पनि हिरासतमा राख्न सक्छन् । भ्रष्टाचारको आवाजले अब दुवै दललाई सिध्याउने भो भनी उनीहरूबीच साठगाठ भयो र संसदीय समितिको नजीरले भोली यी दुई दललाई खानेछ र यो नितान्त प्रतिशोधको राजनीति हो ।” राज्य पक्ष लाग्यो भने कुनै पनि बेला, कसैलाई पनि जेलमा सडाउन सक्छ । देशमा यस्तो घिनलाग्दो राजनीति शुरू भएको छ । मुद्दा लगाएर दरिलो प्रतिपक्षलाई सिध्याउन सकिन्छ भनी जुन सत्ता र शक्तिको उन्मादमा यो काम भइरहेको छ, यो भोलि उनीहरूकै लागि घातक हुनेछ भन्नेमा दुई मत छैन ।
रविको आगमनले विशेषगरी काङ्ग्रेस पङ्क्तिमा ठूलो भुइँचालो आएको छ । दुई महीनासम्म गगन थापा एन्ड कम्पनीले संसद अवरुद्ध गरी संसदीय समिति गठन गर्ने साह्रै अप्रजातान्त्रिक प्रक्रिया ल्यायो, यसले भोलि अख्तियार, सिआबी, प्रहरी प्रशासन सबैलाई पङ्गु बनाउने छ । रवि लामिछानेको खेदो खन्नुको तात्पर्य यस दललाई गलाएर आप्mनो वर्चस्व कायम गर्न सकिन्छ भन्ने मात्र हो ।
यो देशलाई यिनीहरूले कसरी खोक्रो परेका रहेछन् भन्ने कुरा अधिकांश जनताले त्यतिखेर थाहा पाउन थाल्यो जब रास्वपा संसदमा छि¥यो । जसरी यिनीहरूले दुर्गा प्रसाईंलाई अस्पातलको अनुमतिको लागि ७ वर्षसम्म दुःख दिए, त्यसैगरी रवि र बालेनलाई दुःख दिन खोजिरहेका छन् । काण्डैकाण्डले विभूषित यी दलहरूले ३७ वर्षदेखि माखो मार्न सकेका छैनन् । जनताभन्दा ठूलो शक्तिशाली कुनै तन्त्र हुन सक्दैन । अहिले देश पूरै रवि लामाछानेमय भएको छ । डाक्टर सुन्दरमणि दीक्षित, बाबूराम भट्टराई, सुरेन्द्र केसी, प्राध्यापक कृष्ण पराजुली, राम लोहनी आदि विद्वान्हरूको एउटै भनाइ छ– “रविविरुद्ध जे भइरहेको छ, त्यो रविलाई सिध्याउने मेलो हो जुन उनीहरूकै लागि घातक हुनेवाला छ । काङ्ग्रेस र एमालेको नियोजित ग्रान्ड डिजाइन अन्तर्गत अहिले रविलाई फसाइएको कुरा एमाले र कांग्रेसकै समर्थकहरूले भन्न थालेका छन् । न्यायालयबाट जनताको विश्वास मरिसकेको कुरा पूर्व मुख्यन्यायाधीश सुशीला कार्कीले धेरै सार्वजानिक कार्यक्रममा भनिसकेकी छन् । राजनीतिक दलको आडमा न्यायाधीशहरू नियुक्त हुन्छन् भने उनीहरूबाट निष्पक्ष न्यायको आशा गर्नै सकिंदैन ।
रवि लामिछाने देशका होनहार युवा हुन् र उनमा राजनीतिक चेतना पनि उच्चस्तरको छ । उनी संसारभर वाक्कलाका लागि प्रख्यात र गिनिज बूकमा नाम लेखाउन सफल युवा हुन् । यद्यपि उनको स्वभाव पहिलेदेखि नै चर्चामा आउन जेजस्ता परिस्थितिको सामना गर्न तयार हुने खालको छ । उनले टेलिभिजनमा लामो समय काम गरे र प्रत्यक्षरूपमा जनतासँग सरोकार राख्ने विषयवस्तु कोट्याउँदै राम्रा वा नराम्रा जेजस्ता गतिविधि गरेर पनि अधिकांश जनताको नजरमा राम्रो काम गर्ने छाप पारेका व्यक्ति हुन् । यही कारणले उनको जनमत बलियो भयो र सामाजिक सञ्जालमा समेत उनको चर्चा भाइरल भयो । फलस्वरूप रविलाई पनि सबै काम छाडेर राजनीतिमा आएमा भलो हुने सोच आयो र उनी राजनीतिमा हाम फाले । दलहरूप्रति वितृष्णाले ग्रस्त हाम्रो समाजमा, त्यसैले उनले पार्टी खोल्ने निर्णय गरे र जनताको विश्वास आर्जन गर्न सफल भए ।
चुनावमा रविले नसोचेको परिणाम आयो । कल्पना पनि नगरेको सफलता हात पार्दै उनको पार्टी संसद्मा छि¥यो, त्यो पनि चौथो ठूलो शक्ति बनेर । सरकार गठनको क्रममा पनि उनले चासो राखे र छिटै बार्गेनिङ पावर उपयोग गर्दै गृहमन्त्री बन्ने प्रस्ताव राखे । गृह मन्त्रालय प्रधानमन्त्रीपछि दोस्रो रोजाइको मन्त्रालय हो र उनले गृहमा आप्mनो दाबी छाडेनन् । रवि एकाएक यसरी चम्किए कि उनका फलोअर्स प्रशंसक बने । रवि यसरी चम्किएको विपक्षी दललाई मन पर्ने कुरै भएन र उनका विगतका कामकारबाई कोट्याउन थालियो । अब बिस्तारै रविका विगतका कर्तुतहरू देखिन थाले । जसरी उनी उदाएका थिए उनको विगत चाहिं त्यति स्वच्छ र सुखद देखिएन । उनको नागरिकता, पासपोर्ट र सहकारीसम्बन्धी काण्ड यति बलियो भएर प्रमाणसहित आयो कि यसले उनलाई क्रमशः गलाउँदै लैजान थाल्यो । यसलाई ढाकछोप गर्न प्रखर वाक्कला भएका रविलाई पनि धौधौ प¥यो र नागरिकताको केसमा चिप्लिए । यही काण्डले उनको सांसद पद गयो र पुनः चुनाव लडेर जितेर संसद्मा छिर्ने घटना दोहोरियो । तत्पश्चात् उनी पुनः गृहमन्त्री र उपप्रधानमन्त्री बनेर काम गर्न थाले भने उनको शक्ति यति बढ्यो कि सरकार बनाउने र गिराउने खेलमा उनलाई प्रधानमन्त्रीको समेत अफर आयो ।
सरकार, संसद्, छानबीनका निकाय र सुरक्षा निकायको शङ्कामा रहिरहेका उनी यति बेला अर्को फन्दामा परेका छन् । सहकारी रकम ठगीमा उजूरी परेपछि र उनीमाथि छानबीन हुनुपर्ने तत्कालीन प्रतिपक्ष नेपाली काङ्ग्रेसको अडानपछि संसदीय छानबीन समिति नै बन्यो तर समितिले रविलाई दोषी देखाउन सकेन । तथापि ठूला दलहरूको साठगाँठ बन्यो र नयाँ परिस्थिति विद्यमान भयो । अन्ततः उनी पक्राउ परे । तर उनको पार्टी, विपक्षी दल तथा शुभेच्छुकहरू रविको पक्राउलाई राम्रो मानिरहेका छैनन् र उनको पक्षमा बोलिरहेका छन् । रास्वपाले त आधिकारिक निर्देशन नै जारी गरेर सम्पूर्ण शक्ति पहिले पोखरा र अहिले काठमाडौंमा केन्द्रित गरेको छ । २२ दिनको म्याद थपपछि फेरि १३ दिनको म्याद थपी उनलाई गलाउने कोशिश हुँदैछ तर उनी झन् शक्तिशाली हुँदै गइरहेका छन् । जसरी अरविन्द केजरिवाललाई मोदी मिडियाको कोपभजनमा पारी जेल हालियो, ठीक त्यसैगरी रविलाई दुःख दिइरहेका छन् । सरकार जब तानाशाही हुँदै जान्छ, उसले गर्ने नै यस्तै हो ।
पोखरामा दिनहुँ आन्दोलन, धर्ना, कोणसभा र दबाबमूलक विभिन्न कार्यक्रमहरू गरेर निर्दोष रविलाई छाड्नुपर्ने र ओली सरकार ढल्नुपर्ने जिद्दी कसिरहँदा त्यसको निरन्तरता अहिले काठमाडौंले समेत देखेको छ । रवि निर्दोष हुन् तर उनलाई फसाउन सरकार, सत्तापक्षीय दलहरू, अदालत, सुरक्षा निकाय सबै कसिएर लागेका छन् भनेर उनका समर्थकहरू नित्य भाषण गरिरहेका छन् । तर, सबैले यस्ता गतिविधिलाई राम्रो मानेका छैनन् । कुनै पनि व्यक्ति यदि दोषी हो भने उसले सजाय पाउनुपर्छ र दोषी भए/नभएको अन्तिम फैसला न्यायालयले गर्छ, यो केस पनि अदालती केस भएकोले अब अदालतको फैसला कुर्नुबाहेक अन्य कुनै उपाय नभएकाले अनावश्यकको रोइलो गर्नु बेकार छ । सहकारी ठगीमा रवि प्रत्यक्ष होलान् वा नहोलान्, जुन सुरक्षा निकायको अनुसन्धानपछि पत्ता लाग्ने र अन्तिम टुङ्गो अदालतले लगाउने नै छ । तर यसरी प्रक्रियागत तरीकाले केस अघि बढ्नुपर्ने नियममा भाँजो हाल्न, अदालतका र स्वतन्त्र छानबीनका प्रक्रियामा अवरोध पु¥याउन, प्रभाव पार्न र सर्वसाधारणलाई अन्योलमा राख्न रास्वपाले गरेको प्रदर्शन ठीक होइन भन्ने मठाधीशहरूको पनि यहाँ कमी छैन । विभिन्न दलका ठूलाबडा नेताहरूलाई पनि यस्ता आरोप लाग्ने गर्छ र त्यस्ता आरोपमाथि छानबीन हुँदा दोषी भएमा नियमानुसार सजाय पाउने गरेको र दोषी नभए सफाइ पाउने गरेका उदाहरण प्रशस्तै छन् ।
रविका समर्थकहरूले भ्रष्टाचारका विषय लुकाउन, आपूmहरू फस्न लागेको अवस्था छल्न, उदाउँदै गरेको युवाशक्तिलाई शक्तिहीन बनाई आफैं रजगज गर्न र प्रतिशोध साध्न मात्र रविलाई आरोप लगाइएको हो, तर रवि निर्दोष छन् भन्ने दाबी गर्छन् । यो प्रपञ्च देशका दुई ठूला दलहरू र अदालतसमेत मिलेर गरिएको हो भनेर आरोप लगाइरहेका छन् । के वास्तवमा यो आरोप सही हो त ? रविको केसमा के रवि निर्दोष हुन् ? के रविलाई फसाएर उनी र उनको उदाउँदै गरेको वैकल्पिक शक्ति बनेको दललाई नामेट बनाउन चालिएको चाल हो त ? के यसमा अदालत र सबै निकाय रविविरुद्ध जाइलाग्न र उनलाई फसाउन मिलेका छन् त ?
सरकार ढल्नुमा रविले धमाधम भ्रष्टाचारका फाइलहरू खोल्दै व्यक्ति पक्राउ गर्ने अभियान चलाउनु, ठूला–ठूला काण्डमा ठूला–ठूला नेताकै नाम आउन थाल्नु, ठूला नेताहरू नै पक्राउ पर्ने सम्भावना बढ्नु र अर्कातिर संसद्मैं रविलाई सहकारी ठगको आरोप लगाई नाङ्गेझार पार्नु, प्रमुख प्रतिपक्षी दलले संसदीय छानबीन समितिको माग राखेर महीनौं संसद् अवरुद्ध पार्नु, रविलाई जेल नहाली नछाड्ने अभिव्यक्ति दिनु दुवै शङ्काको घेराभित्र रहेको मान्न सकिन्छ । यसै क्रममा सहकारी रकम अपचलनमा रविको नाममा किटानी जाहेरी पर्नु, उनीहरूले आरोप लगाएका दुई ठूला दलहरू साठगाँठ गरी सरकार गठन गर्नु, संसदीय समिति बन्नु, समितिले छानबीन गरी रविलाई दोषी ठहर गर्नु, प्रतिवेदन प्राप्त हुना साथ कार्यान्वयन गर्ने हतारो गर्नु, लगत्तै रविलाई पक्राउ आदेश जारी गरी पक्राउ गर्नु मुख्य उदाहरण हुन् ।
तथापि रवि पक्षबाट पनि अदालतबाट फैसलाको प्रतीक्षा गर्नुपर्नेमा सरकारविरुद्ध विषवमन गर्दै सम्पूर्ण शक्ति प्रदर्शन गर्नुजस्ता गतिविधि सुपाच्य होइन । यस्ता गतिविधिले गर्दा दुवै पक्षलाई शङ्काको घेरामा राख्न सकिन्छ । आखिर यो केसमा दोषी को होला, रवि वा सरकार पक्ष ? यदि रवि दोषी होइनन् भने अहिलेको प्रक्रियाले त उनलाई जीवनभरका लागि उनका पक्षमा अदालतले सकारात्मक फैसला गर्छ र उनले सधैंका लागि सफाइ पाउँछन् । यदि रवि दोषी नै रहेछन् भने उनले गरेको कर्तुतको सजाय पाउनेछन् र साथसाथै उनी सधैंका लागि राजनीतिबाट बहिष्कृत हुनेछन् । यसरी यो अन्योलपूर्ण तनावको अवस्था अहिले रास्वपाले नगरेको भए राम्रो हुने थियो । यो त अहिले रास्वपालाई प्राप्त भएको अवसर हो, जहाँ रवि सबै आरोपबाट मुक्त हुन सक्थे । रास्वपाले त यतिबेला सरकार, सुरक्षा निकाय र अदालतलाई सहयोग गर्ने समय हो । रास्वपालाई, रविले कुनै गल्ती नगरेको पूर्ण विश्वास छ भने जतिसुकै छानबीन गरे पनि सत्य त सत्य नै रहन्छ । उनलाई फसाउनै लागिएकोरहेछ भने पनि एकदिन छर्लङ्ग हुने नै छ । र नबिराउनु नडराउनु भन्ने उखान चरितार्थ हुने थियो ।
अन्त्यमा,
जसले जेसुकै भनोस्, रवि जनताको आशा र भरोसा हो, जनताले प्रचुर बहुमत दिएर जिताएको हिम्मतिलो छोरो हो, अझै पनि जनताको झिनो आशा छ कि न्यायालयले अन्याय गर्नेछैन, नत्र भोलि को कहाँ पुग्ने हो, त्यो कसैले भन्न सक्दैन ।