प्रस, वीरगंज, २६ कात्तिक/
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेलमा बस्नुपर्ने डरले रातारात सत्ता परिर्वतन गरी सिंहदरबारमा बसेका नेताहरूको कारण सिङ्गो देश सङ्कटको भुमरीमा फस्दै गइरहेका बताएका छन् ।

वीरगंजमा आयोजित दुर्ई दिने तराई–मधेस राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष थापाले केही दलका नेताहरूका कारण सिङ्गो मुलुक भ्रष्टाचारमा डुब्दै जानु अहिलेको व्यवस्था मूल कारक रहेको बताए ।

हिन्दू राज्य समाप्त गरी सङ्घीय प्रणालीको व्यवस्था लागू गर्ने दलहरूका नेताहरू अर्बौं रुपियाँ लुटिरहेका छन् । तर देशको जनता गरीब बन्दै जानु मुलुकमा गलत अभ्यासको परिणाम भएको थापाको भनाइ थियो ।

राजतन्त्र फलेर देशलाई धनी बनाउने, गरीबीको रेखामुनि रहेको जनताको जीवनस्तर उकास्ने जस्ता नारा लगाएर मुलुकको व्यवस्था परिवर्तन गरी गणतन्त्र ल्याएका नेताहरू अहिले लुकेर बसिरहेको उनले आरोप लगाए । अध्यक्ष थापाले भने, “दैनिक देशका हजारौं युवा विदेश लागिरहेका छन् । यहाँको जनशक्ति विदेशमा पुगी त्यहाँको विकास गरिरहेको छ । अनि यो मुलुकको विकास कसरी हुन्छ ?”

मिटरब्याजी, सहकारीपीडित जनता सडकमा नाराबाजी गर्दैछ भने नेताहरू सिंहदरबारमा बसेर लुट्ने योजना बनाइरहेको थापाको आरोप थियो । उनले नेपाली जनतालाई दास बनाएर सत्ताको मज्जा लुट्ने नेताहरूलाई नेपाली जनताले तह लगाउने बताए ।

अध्यक्ष थापाले नेपाली काङ्ग्रेस तथा नेकपा (एमाले) चुनावामा एकअर्काविरुद्ध लड्ने, त्यसपछि सत्ताको लागि मिलेर सरकार चलाउने गर्दा मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाए । संसारमा नभएको भ्रष्टाचार नेपालमा हुने गरेको उनको कथन थियो ।

जनतालाई भुटानी शरणार्थी बनाइ विदेश पठाउने कार्य गरी मानव तस्करीको आरोप लागेका नेताहरूको संसद्मा सभ्य कुरा सुनेर आफू दङ्ग पर्ने गरेको बताए ।

कार्यक्रममा पार्टी उपाध्यक्ष धीरेन्द्र झा ‘मैथिल’ले भ्रष्टाचारी नेताहरूलाई सत्ताबाट हटाउन आन्दोलन आवश्यक रहेको बताए । उनले बङ्गलादेशमा भएको घटना नेपालमा पनि चाँडै दोहोरिने र यसको लागि जनतालाई तयार रहेको जिकिर गरे ।

वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको अध्यक्ष्Fतामा भएको कार्यक्रममा रामनरेश यादव, दीपेन्द्रबहादुर सिंह, शम्भु चौरसिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कात्तिक २६–२७ गतेसम्म चल्ने अधिवेशनमा तराई–मधेसका २२ जिल्लाबाट नेता, कार्यकर्ताहरू सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here