प्रस, वीरगंज, २६ कात्तिक/
सिराहा कारागारमा मद्यपान, लागूऔषध सेवन भइरहेको विषयमा जिल्ला प्रशासन कार्यालय, सिराहाले छानबीन समिति गठन गरेको छ ।

कारागारका नाइके र कैदीहरूले मद्यपान सेवन, मोबाइल प्रयोग र लागूऔषधको प्रयोगसमेत गरिरहेको समाचार बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल नेतृत्वको टोलीले कारागारको अनुगमन गरेको थियो । तीनै तहका सुरक्ष्Fाकर्मीहरू सम्मिलित टोलीले अनुगमनको क्रममा सुर्ती र चुरोटहरू फेला पारेको थियो ।

कारागार व्यवस्थापन विभागले कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, सिराहालाई सो सम्बन्धमा छानबीन समिति गठन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन र दोषीमाथि कारबाई गर्न निर्देशन जारी गरेको छ । सोही अनुरूप प्रजिअ दाहालले प्रहरी नायब उपरीक्ष्Fक विष्णुप्रसाद सोतीको नेतृत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको र समितिले आजदेखि काम शुरू गरेको छ । प्रजिअ दाहालले समितिले १५ दिनभित्र छानबीन गरेर प्रतिवेदन बुझाउने र दोषी देखिएकालाई कारबाई हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here