प्रस, पर्सागढी, १२ कात्तिक/
जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर बजारको फूटपाथमा वडापालिकाको पहलमा १० दिनका लागि पसल सञ्चालन गर्न अनुमति दिइएको छ ।
कात्तिक १० गते शनिवार उमनपाले सो क्ष्Fेत्रबाट फूटपाथ पसललाई हटाएको थियो । दीपावली तथा छठ पर्वलाई लक्षित गरेर बजार क्ष्Fेत्रका फूटपाथमा पसल राखिएको र ती पसलले बटुवाहरूलाई आउजाउमा समस्या भएको भन्दै उपमनपाले पूmटपाथका पसल हटाएको थियो । तर वडाध्यक्ष सुनीलकुमार गुप्ता र जीतपुर उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश गिरीको पहलमा १० दिनका लागि पसल सञ्चालन गर्न अनुमति दिएपछि कात्तिक ११ गतेदेखि फूटपाथमा पसल सञ्चालन भएको छ ।