प्रस, परवानीपुर, १२ कात्तिक/
दीपावली तथा छठ पर्व नजीकिंदै जाँदा वीरगंजको बिपी उद्यानको पूर्वी पर्खाल छेउमा माटाका भाँडाकँुडाको बिक्री वितरण शुरू भएको छ ।

पर्सा जिल्लाका करीब दुई दर्जन कुम्हाल समुदायका व्यापारीले ग्रामीण भेगबाट ठूलो परिमाणमा माटाका दियो, ढकना, कलश, चौमुख, हात्तीलगायत सामग्री ल्याइ बिक्री वितरण गरिरहेका छन् ।

कृत्रिम झालरबत्ती सर्वसाधारणले बढी प्रयोग गरेपछि विगतभन्दा माटाका दियोको माग कम हुँदै गएपछि आपूmहरूको पेशा पनि धरापमा परेको पकाहामैनपुर गाउँपालिका–२ सुर्जाहाका भागीरथ पडितले बताए ।

बजारभाउ पोहोर जस्तै रहे तापनि कारोबार घट्दै गएको उनले बताए । अहिले रु १२०–१३० सयकडा दियो, ढकना रु ४०, कलश रु ६०–८०, चौमुख रु १०, हात्ती रु २४०–६००, धूपदानी रु ४० मूल्यमा बिक्री भइरहेको सोही स्थानका अर्का व्यापारी हरिनारायण पडित बताउँछन् । दीपावलीमा झालरबत्तीको माग बढी भएको हुँदा बर्सेनि माटाका दियोको प्रयोग घट्दैछ तर छठपूजामा भने माटोबाट बनेका सामग्रीको विकल्प नहुँदा माटाका भाँडाहरू केही बिक्री हुने गरेको कुम्हालहरू बताउँछन् । दीपावलीभन्दा पनि छठमा माटाका सामग्री केही बढी बिक्री हुने हुँदा केही आम्दानी हुने गरेको उनीहरू बताउँछन् ।

माटोबाट बनेका ढकना, दियो, हात्ती, घैला, कलश छठमा बढी बिक्री हुने गर्छन् । कुम्हालेहरूले बिपी उद्यानको फूटपाथमा अहिलेदेखि दीपावली तथा छठ पर्वसम्म माटाका सामग्रीहरू बिक्री गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here