प्रस, वीरगंज, १२ कात्तिक/
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहहरूमा कर्मचारी पठाउने कार्य जारी रहेको बताएका छन् ।

उनले आपूm मन्त्री भएसँगै मन्त्रालय अन्तर्गतका स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन कार्य गरिरहेको र बाँकी केही ठाउँमा चाँडै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति खटाइएको बताए । खाली रहेका केही नगर, गाउँपालिकामा कर्मचारी व्यवस्थापन गर्ने बताए ।

मन्त्री गुप्ताले एक दशकदेखि एउटै ठाउँमा काम गरिरहेका एक हजार २५८ जना कर्मचारीलगायतलाई विभिन्न स्थानमा सरुवा गरिएको बताए । उनले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने बताए । भर्खरै बहाल भएका ३८औं ब्याचका अधिकृतहरूलाई पनि पालिकामा पठाउने कार्य सम्पन्न भएको उनले बताए । विभिन्न पालिकाहरूमा निमित्तबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन हुँदै आएकामा ती ठाउँमा पनि दरबन्दी अनुसारका कर्मचारी पठाउने कार्य भएको उनले बताए ।

उनले आप्mनो तीन महीने अवधिमा सङ्घीय निजामती कर्मचारीमाथिको छलफलले तीव्रता पाएको र आगामी संसदीय अधिवेशनबाट सो विधेयक पारित हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here