प्रस, वीरगंज, १० कात्तिक/
नेपाली काङ्ग्रेस वीरगंज–१४ एकाइ समितिको आयोजनामा शनिवार पिपरा धर्मशालामा हिन्दूहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अनिल रूँगटाले दीपावली तथा छठ पर्वको शुभकामना दिंदै पार्टी हितका लागि पार्टीभित्र शुद्धीकरण आवश्यक रहेको बताए । उनले पार्टी हितका लागि सबैजनालाई एकजुट भएर अगाडि बढ्न सुझाए ।
नेका पर्साका कावा सभापति रामनारायण कुर्मीले पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिहरूलाई चिरेर पार्टी एक ढिक्का बनाएर अगाडि बढ्दा सबैको हित हुने बताए । कार्यक्रम एकाइ अध्यक्ष विश्वेश्वर पटेलको अध्यक्षतामा भएको थियो ।
प्रमोद यादव, पंचगावाँ, १० कात्तिक/
गोपाल सेवा तदर्थ समिति पर्सा क्षेत्र नं ३ को आयोजनामा पटेर्वासुगौली गापा–४ पटेरवासी मन्दिरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षाविद् हरिराजप्रसाद यादवले गोपाल सेवा समितिको मुख्य उद्देश्य यादव समुदायको एकता, पहिचान, र समृद्धि रहेको बताए । उनले यादव समुदायले कृषिलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताए । उनले यादव समुदायले शिक्षामा लगानी, युवाहरूलाई सशक्त बनाउने प्रयास र आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने जिकिर गरे । समुदायगत विकासका साथै सामाजिक समानतामा पनि विशेष ध्यान दिनुपर्ने उनले बताए ।
ज्येष्ठ नागरिक गयाप्रसाद यादवले यादवहरू एकजुट भएर आपसी सहयोग र सद्भावको वातावरण निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा बिसुन यादव, व्यास यादव, डोमा यादव, कारी यादव, विश्वनाथ यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तदर्थ समितिका अध्यक्ष नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भागरत यादवले गरेका थिए ।