नरेश यादव, पर्सागढी, ९ कात्तिक/
पर्सागढी नपा अन्तर्गतका वन क्षेत्रको अतिक्रमण हटाउन सकिएको छैन । डिभिजन वन कार्यालय, पर्साले अतिक्रमित क्ष्Fेत्रको नापजाँच गर्ने तर यकीन गर्न नसक्दा अहिलेसम्म यहाँको वन क्ष्Fेत्र अतिक्रमणमुक्त हुन नसकेको हो ।
डिभिजन वन कार्यालय, पर्साका अनुसार जिल्लाभरि २१६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकामा अहिलेसम्म पाँच हेक्टर वन क्ष्Fेत्र मात्र अतिक्रमणमुक्त गरिएको छ । सबैया साझेदारी वन उपभोक्ता समितिले यसअघि पर्सागढी र वीरगंज महानगरका केही वडामा पर्ने वन क्षेत्रबाट अतिक्रमण हटाउने प्रयास गरेको थियो ।
करीब दुई सय बिघा वन क्षेत्र अतिक्रमणमुक्त गरिए पनि अहिले ती क्षेत्रहरू पुनः अतिक्रमणको शिकार भएका छन् । वीरगंज महानगर–३२ रामवनदेखि पर्सागढी नगरपालिका–३ को झबराहा, बडनिहार, सृजनटोल, औरैया, कटानी तथा वडा नं ४ को परशुरामपुर, सबैयाटाँडीमा वन क्षेत्र अतिक्रमण गरेर बस्ती बसेर खेतीपाती गरिंदै आएको छ ।
यही क्षेत्रका मानिसहरूलाई भोगको प्रमाणपत्र दिनको लागि भूमि आयोगले प्रयास गरेको थियो । पटकपटक सुकुमबासीहरूलाई जग्गा प्रदान गर्नको लागि भूमि आयोग बनेसँगै नापजाँच हुने तर निस्सा प्रमाण वितरण कार्य हुन सकेको छैन ।
यसपटक भूमि आयोगले जग्गाको निस्सा दिने यहाँका सुकुमबासीहरूले आशा गरेका थिए तर निस्सा प्रमाण नदिंदै भूमि आयोग खारेज भएको छ ।
डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर आलमले आफू भर्खरै जिल्लामा आएको र यसबारे बुझ्ने कार्य गरिरहेको बताए । अतिक्रमण क्ष्Fेत्र खाली गराउनेतर्पm अध्ययन गरेर काम गर्ने उनले जानकारी गराए ।