प्रस, वीरगंज, ९ कात्तिक/
जिल्ला प्रहरी कार्यालय, बाराले १४ किलो चाँदीका गहनासहित दुईजनालाई शुक्रवार पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय, अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक त्रिभुवनलाल साह नेतृत्वको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा चेकजाँचको क्रममा प्रसौनी गाउँपालिका–६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुरसिमरा उमनपा–८ गमरगावाँटोल बस्ने २७ वर्षीय सुरेश महतोलाई चाँदीका गहनासहित पक्राउ गरेको जनाएको छ ।

पथलैयाबाट हेटौंडा जाँदै गरेको ना.५२प २५८४ र ना.५५प ३९३२ नम्बरका मोटरसाइकलको पेट्रोल टङ्कीभित्र फल्स बटम बनाइ चाँदीका गहना लगिरहेको अवस्थामा पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । सोनारको मोटरसाइकलबाट रु १६ लाख १० हजार ३२५ मूल्य बराबरका नौ किलो चाँदीका गहना र महतोको मोटरसाइकलबाट आठ लाख ९४ हजार ६२५ मूल्य बराबरका पाँच किलो चाँदीका गहनासहित २५ लाख मूल्य बराबरका १४ किलो चाँदीका गहना बरामद भएको प्रवक्ता सापकोटाले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here