प्रस, परवानीपुर, ८ कात्तिक/
प्रसौनी गाउँपालिका–३ ठूलो नौतनमा विष्णु महायज्ञको तयारी शुरू भएको छ । कात्तिक २६ देखि मङ्सिर ५ गतेसम्म मङ्गलेश्वरनाथ मन्दिरमा विष्णु महायज्ञ हुनेछ ।

शनिवार महायज्ञ पूजास्थलमा पूजापाठ गरी ध्वजारोहण एवं भूमिपूजन गरिएको वडाध्यक्ष छोटेलाल साह कानूले बताए । विष्णु महायज्ञ मूल समितिको आयोजनामा ध्वजारोहण एवं भूमिपूजन गरिएको उनले जानकारी दिए ।

महायज्ञको लागि बारा, पर्सालगायत भारतका विभिन्न ठाउँहरूबाट साधुसन्त लाई आमन्त्रित गरिएको छ । यज्ञकर्ताको रूपमा बारा, बहुअरीका महन्त राजेन्द्र दास वैरागी छन् भने भारतको बनारसबाट आचार्य पण्डित मुकुन्दस्वामी शास्त्रीको आगमन हुने बताइएको छ ।

नेपालसँगै समग्र विश्वमा शान्ति, समृद्धि र कल्याणको कामना गर्दै विष्णु महायज्ञको आयोजना गर्न लागिएको विष्णु महायज्ञ मूल समितिका अध्यक्ष विश्वनाथ साह कानूले जानकारी गराएका छन् । विष्णु महायज्ञले समाजमा भएका विकृतिलाई नष्ट गर्ने र ईश्वर हरेक व्यक्तिको मनमा बस्ने र स्वच्छ वातावरणको सृजना हुने विश्वास रहेको अध्यक्ष कानूले बताए ।

महायज्ञको सुरुआतको दिन कात्तिक २६ गते जलयात्राको लागि बहुअरी, ननकी नौतन हुँदै त्रिवेणी नदीबाट जल लिई प्रसौनी हुँदै महायज्ञस्थलमा फर्किने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here