प्रस, पोखरिया, ८ कात्तिक/
सखुवाप्रसौनी युवा समाजद्वारा आयोजित सखुवाप्रसौनी क्रिकेट प्रतियोगिताको बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा पोखरिया विजयी भएर फाइनलमा प्रवेश गरेको छ ।
सो खेलमा अपौनीले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाइ १५२ रन बनाएको थियो । प्रतिउत्तरमा पोखरियाले ९.४ ओभरमा आठ विकेट गुमाइ १५३ रन बनाउँदै जीत हासिल ग¥यो । जीतसँगै अपौनी प्रतियोगिताबाट बाहिरिएको छ भने पोखरिया फाइनलमा प्रवेश गरेको छ । आजको खेलको ‘म्यान अफ दी म्याच’ विकाश दास भए । उनले चार ओभरमा एक विकेट लिंदै ३२ बलमा ५८ रन जोडेका थिए ।