प्रस, वीरगंज, ७ कात्तिक/
क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनको सहयोगमा आसमान नेपालले पर्सा जिल्लाका दुई पालिकाका २९७ जना किशोरीलाई पढाइ तथा व्यवसायमा सहयोग गरेको छ ।

आसमान नेपालले पर्सा जिल्लाको ठोरी र जीराभवानी गाउँपालिकामा बालिकालाई पछाडि नपारौं, परियोजना सञ्चालनमा ल्याएको थियो । यो परियोजना अन्तर्गत जीराभवानी गापामा २४१ जना किशोरीलाई आसमान नेपालले सिकाइ केन्द्र खोलेर नौ महीना ट्युशन गराएको थियो । २४१ मध्ये १८ जना ड्रप आउट भएका र २२३ जनामध्ये १० देखि १४ वर्ष उमेरका ८७ जना र १५–१८ वर्ष उमेरका ५२ जनालाई विद्यालय भर्ना गराएको थियो ।

१५–१८ उमेर समूहका किशोरीहरूलाई व्यवसायतर्पm उन्मुख गराउने उद्देश्य रहे पनि यो समूहमा परेका १३६ मध्ये ५२ जना विद्यालय भर्ना भएका आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसियाले बताए । विद्यालय भर्ना भएका ५२ जना र बाँकी ८४ जनालाई व्यवसाय गर्नको लागि पनि सहयोग गरिएको उनले जानकारी गराएका छन् ।

गाईभैंसी खरीदका लागि चारजनालाई १० हजारको दरले रकम उपलब्ध गराएको, एक/एक जनालाई सिलाइ मेशीन, कुखुरापालन, ब्युटिपार्लर, माछापालन, मासुपसल, १३ जनालाई बङ्गुरपालन, १८ जनालाई सुङ्गुरपालन र ९६ जनालाई बाख्रापालनको व्यवस्था गरिएको बताए । उनले गाईभैंसीमा नगद दिनुबाहेक सबैलाई वस्तु र सामान उपलब्ध गराइएको बताएका छन् ।

जीराभवानी गापामा ५० जना किशोरीलाई साइकल वितरण गरिएको तथा ३७ जनालाई स्टेशनरी सहयोग गरिएको उनले बताए ।

यसैगरी, ठोरी गापामा ५६ जना किशोरीमध्ये १३ जनालाई विद्यालय भर्ना गरिएको पालिका संयोजक चौरसियाले बताए ।

१५–१८ उमेर समूहका ४३ जनालाई व्यवसाय सञ्चालनमा प्रोत्साहित गरिएको उनले बताए । ठोरीमा १८ जनाले सिलाइकटाइ, १२ जनाले बाख्रापालन, सातजनाले सामूहिक तरकारीखेती, चारजनाले खाजापसल तथा दुईजनाले ब्युटिपार्लर सञ्चालन गरिरहेका उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here