प्रस, वीरगंज, ७ कात्तिक/
खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका बिरयानी पसलहरूमा अनुगमन गरी दुईवटा बिरयानी पसललाई जरिवाना गराएको छ ।

अनुगमनको क्रममा आज वीरगंज महानगरमा रहेका साम मुरादावादी बिरयानी, ताज बिरयानी, जायका बिरयानी र लजिज बिरयानी गरी चारवटा बिरयानी होटलमा अनुगमन गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तले बताए । अनुगमनको क्रममा जायका र ताज बिरयानीलाई १०/१० हजार जरिवाना गरी सुधारको लागि निर्देशन दिइएको उनले बताए ।
सो क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तुहरू सरोकारवालाहरूको रोहबरमा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंहले बताए । उनले खाद्य वस्तुहरूको टेस्टोमिटरद्वारा वैज्ञानिक ढङ्गले जाँच गरिएको दाबी गरे ।

अनुगमनमा वीरगंज महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनकुमार दास, वीरगंज उद्योग वाणिज्य सङ्घका मनोज दास, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, जिल्ला प्रशासन, प्रहरी, घरेलु तथा वाणिज्यका प्रतिनिधिहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here