प्रस, पोखरिया, ७ कात्तिक/
सखुवाप्रसौनी युवा समाजद्वारा सञ्चालित तेस्रो सखुवाप्रसौनी क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको अन्तिम क्वाटरफाइनल खेलमा छिपहरमाईले आयोजक सखुवाप्रसौनीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा शुरू गरेको छ ।
पहिले ब्याटिङ गर्दै छिपहरमाईले २० ओभरमा १२६ रन बनाएको थियो । प्रतिउत्तरमा १२७ रनको लक्ष्यसहित मैदानमा उत्रेको सखुवाप्रसौनी १३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमा सीमित भयो ।
आजको खेलको ‘म्यान अफ दी म्याच’ रोहित पटेल घोषित भए । भोलिदेखि सेमिफाइनलको खेल हुने र पहिलो सेमिफाइनल खेलमा पोखरिया र अपौनीबीच प्रतिस्पर्धा हुने आयोजक कमिटीका सचिव सरोज पटेलले बताए ।