प्रस, रौतहट, ७ कात्तिक/
गढीमाई नगरपालिका–७ धनहारीमा बुधवार करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । माधवनारायण नगरपालिका–९ बस्ने विजय सहनीकी पत्नी २४ वर्षीया रिङ्कुदेवी सहनीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।
खेतमा राखेको ठेला ल्याउने क्रममा मेलामा जडान गरिएको विद्युतीय तारबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । सहनीलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेश्लिटी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । शवको शल्यपरीक्षणपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।