भनिन्छ, पहिलो प्रभाव नै अन्तिम प्रभाव हो । पहिलो भेटघाट वा अनुभवको महŒव निकै हुन्छ । कुनै स्थान, व्यक्ति वा वस्तुको बारे शुरूमा बनेको धारणा वा छापले मानिसको सोचमा गहिरो प्रभाव पार्छ, जसलाई पछि परिवर्तन गर्न गा¥हो हुन्छ । यदि पहिलो छाप सकारात्मक भयो भने बाँकी केही गडबढ रहे पनि व्यक्तिको सोच सकारात्मक बन्छ । यदि पहिलो छाप नकारात्मक बनेमा, त्यसलाई सुधार्न धेरै गा¥हो पर्छ । हाम्रो मुलुक नेपाल समृृद्धिको आधार पर्यटन पनि हो । जल, जङ्गल र जमीन जस्तै पर्यटन क्षेत्रको सम्भावना प्रचुर छ । पर्यटन क्षेत्रको संरक्षण साथै विकास हुन सकेमा यहाँका जनशक्ति व्यवसायी र रोजगार बन्नेछन् । यस क्षेत्रको विकासका लागि सर्वप्रथम यहाँको वातावरण पर्यटनमैत्री हुनुपर्छ । पर्यटकलाई सहज, सुरक्षित, ससम्मान र आनन्ददायक यात्राको अनुभव प्रदान गर्नु पर्यटनमैत्री वातावरणको आधारभूत शर्त हो ।
सहज, सुविधाजनक यातायात प्रणाली, सुरक्षित र आरामदायी सवारीसाधन, डिजिटल यातायात सेवा, पर्यटन सम्बन्धमा प्रशिक्षित चालक, कर्मचारी हुनुपर्छ । उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार एवं सेवामा शिष्टता, मित्रवत् र सहयोगी व्यवहार गर्ने विषयमा प्रशिक्षित गरिनुपर्छ । पर्यावरणीय दृष्टिकोणले पनि यातायात व्यवस्था पर्यावरणमैत्री बनाउनुपर्छ । विद्युतीय सवारीसाधन, सार्वजनिक यातायातको प्रवद्र्धन र प्रदूषण न्यूनीकरणका लागि विशेष ध्यान दिइनुपर्छ । यस्तो पर्यटनमैत्री यातायात प्रणालीले देशको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्दै पर्यटकहरूलाई सुरक्षित र स्मरणीय अनुभव दिने छ । एकजना पर्यटक हजारौं पर्यटकका सूत्रधार हुन्छ । उसले भ्रमण क्रममा प्रयोग गर्ने सामाजिक सञ्जालका पोस्टहरू, स्मरण तथा दैनिकी लेखन र यात्रा अनुभव आदानप्रदानले उक्त स्थान पर्यटनमैत्री छ या छैन भन्ने कुरा अन्य कैंयनले थाहा पाउने हुन् । हामीकहाँ एकपटक भ्रमण गरेर फर्किएका पर्यटकलाई फेरि पनि जाउँ लाग्ने र अरूलाई पनि ‘एकपटक फलानो ठाउँ घुम्न जाउँ’ भन्ने किसिमको छाप हामीले पार्न सक्नुपर्छ । हामी प्राकृतिक सम्पदा र लोकसंस्कृतिमा धनी छौं । यहाँ केवल हाम्रो व्यवहार पर्यटनमैत्री भइदिए संसारभरकै पर्यटकलाई आकर्षित गर्न सक्छौं । कुल पर्यटकमध्ये २५ प्रतिशत स्थलमार्ग भएर नेपाल भित्रिने गरेका छन् । अझ ठूलो सङ्ख्यामा स्थलमार्ग भएर आउने भारतीय पर्यटकको तथ्याङ्क पर्यटन विभागसँग छैन ।
मुलुकको मुख्य प्रवेशद्वार वीरगंज हो । पर्यटन दिवसको अवसरमा वर्षमा एकपटक पर्यटकलाई माला पहि¥याउनुबाहेक यहाँको वातावरण पर्यटनमैत्री छैन । त्यही औपचारिकता पनि वीरगंजका केही होटल व्यवसायीले धानेका छन् । बाँकी त नेपाल–भारतको वीरगंज–रक्सौल मितेरी पुलको उत्तरतर्फ नेपाल क्षेत्रमा ईरिक्शा, टेम्पो, टाँगालगायत सवारीसाधनहरूको लुँछाचुँडी हेर्न लायक छ । यात्रीको ब्याग खोसाखोस हुँदा झडपसमेत हुने गरेको देखिन्छ । अव्यवस्थित भीडले पर्यटकहरू सास्तीमा छन् । भाडादर फरकफरक छन् । यसले नेपालको छविलाई बदनाम गरिरहेको छ । यहाँ ट्रफिक, जनपद र सशस्त्र तीनैवटा सुरक्षा निकाय तैनाथ छन्, तर यो लाजमर्दो अव्यवस्थालाई व्यवस्थित र मर्यादित गराउनेतर्फ कुनै निकायको ध्यान गएको छैन । यसलाई भोगेर जाने पर्यटकले नेपालबारे के सन्देश लैजाला !