प्रस, परवानीपुर, ५ कात्तिक/
पर्सा जिल्लामा दाउरा र काठको माग उच्च भएकोले तस्करी न्यूनीकरण गर्न चुनौतीको सामना गर्नुपर्ने डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदले बताएका छन् । दुई महीना अघि डिभिजन वन कार्यालय, पर्साको प्रमुखको जिम्मेवारी सम्हालेका अहमदले पर्सामा जलावन दाउरा र फर्निचर बनाउन उपयोग हुने काठको माग उच्च भएर यस्तो समस्या आएको बताएका छन् ।

पर्सामा तीन प्रकारका वर्गले दाउरा र काठको गैरकानूनी कारोबार गरी वन मास्ने काम गरिरहेको उनले बताए । पहिलो, जो खाना पकाउनको लागि दैनिक वनजङ्गल जान्छ, साइकल र टाउकोमा थोरै मात्रामा दाउरा बटुलेर ल्याउँछ र उपभोग गर्छ । दोस्रो, जसले बिक्री वितरण गर्ने उद्देश्यले साइकलमा दाउरा राखेर ग्रामीण भेगदेखि शहरी भेगसम्म दाउरा बेचेर जीविकोपार्जन गर्छ । तेस्रो भने पेशेवर तस्कर समूह हो, जसले काठको गोलिया तस्करी गरेर वनविनाशमा लागेको छ । उनले भने, “अधिकांश दाउरा र काठ लिन जाने व्यक्तिलाई वन कार्यालयको नियम कानून थाहा हुँदैन । फसेपछि रुन, कराउन थाल्छन् । काठ तस्करीको घटना र विवरण अनुसार फरकफरक दण्ड सजाय छ । बिगो, जरिवाना र कैदसमेतको व्यवस्था भए तापनि दैनिक पर्सा जिल्लाको वन क्षेत्रमा ५०० भन्दा बढी साइकलको ओहोरदोहोर हुने गरेको अनुगमनबाट देखिएको छ ।”

११ हजार ५०० हेक्टर क्षेत्रफल बराबरको वन क्ष्Fेत्र रहेको डिभिजन वन कार्यालय, पर्साको सोलखपुर, सबैया, बडनिहार, वसन्तपुर, छतिवन टाँडीलगायत ठाउँमा पाँचवटा सबडिभिजन वन कार्यालयमार्पmत दर्जनौं वनरक्षक परिचालन गरिएको र वन तस्करलाई कानूनको दायरामा ल्याउने गरिएको उनले बताए ।

पर्सा आएपछि आफूले दुईजना काठ तस्करमाथि मुद्दा दर्ता गरी कारबाई प्रक्रिया अगाडि बढाएको र दर्जनौं साइकल र दाउरा बरामद भएको उनले बताए । डिभिजन वन कार्यालयको मुख्य काम वन जोगाउने भएकोले वनको संरक्षणको लागि आपूmले हरेक प्रयास गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here