प्रस, वीरगंज, ५ कात्तिक/
नेपाल सद्भावना पार्टीमा सातौं अधिवेशनको विषयलाई लिए विवाद उत्पन्न भएको छ ।

कार्यवाहक अध्यक्ष रामकुमार महतोले वीरगंजमा सोमवार पत्रकार सम्मेलन गर्दै २०८१ मङ्सिर १, २ र ३ गते वीरगंजमा हुने भनिएको राष्ट्रिय अधिवेशन अब जनकपुरमा नै तोकिएको बताएका छन् । गत असारमा बसेको पार्टीको कार्यकारी बैठकले पूर्वमन्त्री रामचन्द्र कुशवाहाको संंयोजकत्वमा ५९ सदस्यीय समिति बनाइ वीरगंजमा गर्ने जिम्मेवारी तोकेको थियो । तर यही कात्तिक २२ गते पार्टीको कार्यकारिणी बैठकले जनकपुरमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेपछि पूर्वमन्त्री कुशवाहाले वीरगंजमा नै अधिवेशन हुने प्रचार गर्नु दुःखद भएको अध्यक्ष महतोले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा अध्यक्ष महतोले गैरजिम्मेवार भई पूर्वमन्त्री कुशवाहाले वीरगंज अधिवेशन हुने कुरा गलत भएको बताए ।

सानो सङ्ख्यामा प्रतिनिधि रहेको यस पार्टीमा लामो समयदेखि विवाद कायमै छ । लामो प्रयासपछि आगामी मङ्सिरमा हुने भनिएको महाधिवेशनमा पनि विवाद उत्पन्न भएको छ । वीरगंजमा महाधिवेशन हुँदा कुशवाहाले पार्टी कब्जा गर्ने त्रासले महतो पक्षधरहरूले जनकपुरमा गर्नुपर्ने माग अगाडि सारेका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here