प्रस, परवानीपुर, ४ कात्तिक/
वीरगंज–१४ स्थित नारायणी क्रिकेट मैदानको स्तरोन्नतिको काम शुरू भएको छ । दुई सातादेखि क्रिकेट मैदानको बीचबाट खनेर अन्तर्राष्ट्रियस्तरको पिच बनाउने काम भइरहेको क्यान पर्साले जनाएको छ ।

क्यान पर्साका अध्यक्ष्F मनीष सिंहका अनुसार आगामी डिसेम्बर–जनवरीमा हुने एलिट कपको लागि क्रिकेट मैदान स्तरोन्नति गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउने काम भइरहेको हो ।

क्यान नेपालका मुख्य पिच क्युरेटर महम्मद अबुल अल मनुनले नारायणी क्रिकेट मैदानमा ३०ह८० वर्गफिटमा तीनवटा पिच बनाइरहेका छन् । एउटा पिचको चौडाइ १० फिट र लम्बाइ ८० फिट रहेको छ । पिच बनाउन डेढ फिट माटो खनेर बालुवा, ढुङ्गा, गिट्टी, माटोलगायतका सामग्री भरेर पिच निर्माणको कार्य भइरहेको उनले बताए ।

यो अन्तर्राष्ट्रिय मापदण्डको पिच हुनेछ । अब वीरगंजमा पनि व्यावसायिक क्रिकेट खेलाडीहरूले अन्तर्राष्ट्रिय मापदण्डको पिचमा खेल्न पाउँछन् । वीरगंजमा अब राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न बाटो खुल्यो, पिच क्युरेटर मनुनले भने ।

उनका अनुसार खेल हुने दिन बिहान अन्य तयारी गरेपछि स्पिनरको लागि पिच तयार गर्ने कि तीव्र गतिका बलरको लागि, यो कुरा खेल र दिनको अवस्थामा भर पर्छ । नारायणी क्रिकेट मैदानको पिचले बाउन्सर बल फाल्ने बलरलाई पनि मदत गर्ने उनले बताए ।

नारायणी क्रिकेट मैदानको पिच स्तरोन्नतिको लागि करीब नौ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । क्यान नेपालका सचिव पारस खड्काको विशेष पहलमा वीरगंजमा पिच निर्माण कार्य भइरहेको उनले बताए । आगामी दिनमा वीरगंजमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल हुनेछन् । गत पिएम कपका उत्कृष्ट चार टीमले वीरगंज र धनुषाको जनकपुरमा एलिट कप खेल्नेछन् । क्रिकेट मैदानलाई सुरक्षित र व्यवस्थित बनाउने पहल पनि भइरहेको छ । केही जग्गाधनीलाई अढाई करोड रुपैयाँ मुआवजा दिनुपर्ने भएकोले क्यानले राष्ट्रिय खेलकूद परिषद् र खेलकूद मन्त्रालयमार्पmत अर्थ मन्त्रालयलाई पत्र लेखेर पठाइसकेको छ । सम्भवतः चाँडै नै जग्गाधनीले मुआवजा पाउँछन् र क्रिकेट मैदानलाई चारैतिरबाट तारजाली लगाएर सुरक्षित बनाउने अध्यक्ष सिंहले बताए ।

नारायणी क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्ने प्रस्ताव पनि क्यानमार्पmत परराष्ट्र मन्त्रालयमा गइसकेको र त्यसबारे पहल पनि भइरहेको उनले बताए ।

परराष्ट्र मन्त्रालयबाट फाइल सदर भएपछि कतार सरकारले नारायणी क्रिकेट मैदानमा प्यारापिट बनाउने प्रस्ताव पेश गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here