प्रस, वीरगंज, ४ कात्तिक/
स्वास्थ्य निर्देशनालयको मूल्याङ्कनमा जिल्ला स्वास्थ्य कार्यालय, पर्सा स्वास्थ्य क्षेत्रमा मधेस प्रदेशमैं उत्कृष्ट भएको छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले आइतवार कार्यक्रम आयोजना गरी स्वास्थ्य कार्यालय पर्सालाई प्रथम भएकोमा प्रमाणपत्र प्रदान गरेको थियो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा राजीवकुमार झाले जिल्ला स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

जिल्लास्तरमा पर्सा प्रथम र पालिकास्तरमा पर्साको ठोरी गाउँपालिका तृतीय भएका हुन् । जिल्लास्तरमा सर्लाही द्वितीय र सिराहा तृतीय भएका छन् भने पालिकास्तरमा सर्लाहीको हरिवन नगरपालिका द्वितीय र सप्तरीको हनुमाननगर नपा तृतीय भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here