प्रस, सिम्रौनगढ, ४ कात्तिक/
साना किसान कृषि सहकारी संस्थाको पाँचौं साधारणसभा सिम्रौनगढ नगरपालिका–७ कङ्काली माविको प्राङ्गणमा आइतवार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाको सञ्चालक समितिकी अध्यक्ष ललिता देवी, नीतुशिला कुमारी र प्रबन्धक दिलीपकुमार कर्णले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शेयरधनी र छात्रछात्राहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवार, कृषि ज्ञान केन्द्र कलैयाको प्रमुख राजनारायण साह, अध्यक्ष मिश्रीलाल सहनी, विनोदकुमार पण्डित, रामबाबू प्रसाद यादव, पत्रकार रामेश्वर मेहता, रामबाबू मेहता, पुष्पराज खतिवडा, कान्तिदेवी चौधरी, अनञ्जयकुमार निरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उपप्रबन्धक पासपति कुमारीले स्वागत र प्रबन्धक कर्णले सहजीकरण गरेका थिए ।