प्रस, वीरगंज, ३ कात्तिक/
वीरगंज समाज सेवाको आयोजनामा शनिवार नारायणी अस्पतालका बिरामी, कुरुवा र गरीब दीन–दुःखीहरूलाई निश्शुल्क भोजन गराइएको छ ।
समाजका सदस्य अभिलाष गुप्ताले करीब पाँच सयजनालाई निश्शुल्क भोजन गराइएको बताए । उनले साप्ताहिकरूपमा शनिवार निश्शुल्क भोजन गराउँदै आएको र आजसमेत गरी २६ साता भएको बताए । अस्पतालमा रहेका बिरामी, कुरुवाहरूसँगै गरीब दीन–दुःखीलाई लक्षित गरेर प्रत्येक साता पाँच सयजनालाई भोजन गराउने समाजको उद्देश्य रहेको उनले बताए ।
कार्यक्रममा अध्यक्ष अशोक गुप्ता, उपाध्यक्ष मनोज रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सर्राफलगायत सदस्यहरूले सहयोगी भूमिका निर्वाह गर्दै आएको सदस्य गुप्ताले बताए ।