हाम्रो देश नेपालमा पछिल्लो समय लागूपदार्थ दुव्र्यसन तीव्ररूपमा बढिरहेको छ । यो समस्या विशेषगरी युवा पुस्तामाझ व्यापकरूपमा फैलिएको छ । यसले देशको सामाजिक संरचना र अर्थतन्त्रलाई गम्भीर चुनौती दिन थालेको छ । लागूपदार्थको सजिलो पहुँच, बेरोजगारी, मानसिक स्वास्थ्यसम्बन्धी समस्या र प्रचलित कानून कार्यान्वयनमा कमजोरीले गर्दा यो समस्या दिन प्रतिदिन जटिल बन्दै गएको हो । लागूपदार्थको प्रयोगबारे सरकारी तथा गैरसरकारी सङ्घ/संस्थाहरूले प्रकाशन गरेका तथ्याङ्कहरू गम्भीर छन् । नेपाल प्रहरीको लागूपदार्थ नियन्त्रण ब्युरोका अनुसार नेपालमा करीब एक लाख ५० हजार व्यक्ति कुनै न कुनै रूपले लागूपदार्थको दुव्र्यसनमा संलग्न छन् । यसमध्ये आधाभन्दा बढी युवा हुन्, जसको उमेर १५ देखि ३० वर्षको बीचमा छ । खासगरी शहरी क्षेत्रमा यो समस्या व्यापकरूपमा देखिएको छ । शहरमा मदिरा, गाँजा, चरेस, हेरोइन र सुँघ्ने पदार्थहरू सजिलै उपलब्ध छन् । मुलुकमा लागूपदार्थको प्रयोग खासगरी तस्करीमार्पmत आउने नशालु पदार्थहरूले बढाएको हो । खुला सिमानाका कारण भारतसँगको सीमा लागूपदार्थ तस्करीका लागि प्रमुख मार्ग बनेको छ । संयुक्त राष्ट्रसङ्घको लागूपदार्थ तथा अपराधविरोधी कार्यालय (ग्ल्इम्ऋ) का अनुसार नेपालमा लागूपदार्थका प्रयोगकर्ताहरूको सङ्ख्या वार्षिकरूपमा पाँच प्रतिशतले बढिरहेको छ, जुन विश्वको औसत वृद्धिभन्दा धेरै हो ।

लागूपदार्थ दुव्र्यसनको सीधा असर समाजमा परेको छ । दुव्र्यसनमा फसेका व्यक्तिहरूले परिवार र समाजमा नकारात्मक प्रभाव पार्छन् । परिवारमा तनाव र आर्थिक समस्याहरू उत्पन्न हुने गर्छन्, जसले गर्दा धेरै बालबालिका र महिलाहरू प्रभावित हुने गरेका छन् । लागूपदार्थ प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत र सामाजिक जीवनलाई ध्वस्त पार्नुका साथै अपराधमा पनि संलग्न हुने सम्भावना उच्च हुन्छ । पछिल्लो समयमा लागूपदार्थ प्रयोगसँग सम्बन्धित आपराधिक गतिविधिहरूमा पनि वृद्धि भएको देखिन्छ । चोरी, ठगी, हत्या जस्ता गम्भीर अपराधमा लागूपदार्थ प्रयोगकर्ताहरू संलग्न हुने गरेका छन् । यसले युवाहरूको भविष्य अन्धकारमय बन्ने खतरा छ । यस्ता गतिविधिहरूले समाजमा शान्ति, सुरक्षा र अमनचयनमा पनि खलल पु¥याउने गरेका छन् ।

लागूपदार्थ दुव्र्यसनले स्वास्थ्य क्षेत्रमा पनि गम्भीर समस्या निम्त्याएको छ । लागूपदार्थ सेवनकर्ताहरूको स्वास्थ्य अवस्था कमजोर हुने हुँदा उनीहरूलाई अन्य घातक रोगहरूको जोखिम बढी हुन्छ । विशेषगरी सुईद्वारा लागूपदार्थ लिने व्यक्तिहरूमा एचआइभी/एड्स र हेपाटाइटिस जस्ता सङ्क्रामक रोगहरूको जोखिम धेरै पाइएका छन् । लागूपदार्थको प्रयोगले मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने हुँदा आत्महत्या र मानसिक रोगको दरमा पनि वृद्धि देखिएको छ । नेपालमा लागूपदार्थ दुव्र्यसन रोकथामका लागि कानूनी प्रबन्धहरू भएपनि कार्यान्वयन कमजोर छ । ‘लागूपदार्थ नियन्त्रण ऐन २०३३’ ले कठोर सजायको व्यवस्था गरेको छ, तर यसको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएका छन् । कानूनी निकायहरूको सीमित क्षमता, प्रहरीमा भ्रष्टाचार र तस्करीविरुद्धको अभियानको न्यून प्रभावकारिताले समस्या समाधान हुन सकेको छैन । साथै सचेतना कार्यक्रमहरूको कमीले गर्दा यो समस्या निरन्तर बढिरहेको छ । लागूपदार्थ दुव्र्यसन नियन्त्रणका लागि गम्भीर समीक्षा गरेर उल्लिखित कमजोरी सच्याउन सरकार तथा अधिकारप्राप्त निकायले तदारूकता देखाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here