डुबान क्षेत्रको पानी निकासको लागि सहमति, दुई दिनभित्र डुबानमुक्त हुन्छ –नगरप्रमुख सिंह
प्रस, परवानीपुर, १ कात्तिक/ वीरगंज महानगरको पहलमा वडा नं २०, २४, २६ हरपतगंज, बहुअरी र सुगौली बिर्ताका डुबान क्षेत्रबाट पानीको निकास बिहीवारदेखि शुरू भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाबाट ती क्षेत्रका घरहरू र धानखेत डुबानमा परेका थिए । असोज १९ गते महानगरपालिकाले डुबान क्षेत्रबाट पानीको निकासको लागि वडा नं १७ […]
संविधान संशोधनको मुद्दामा सरकार अडिग –मन्त्री चौरसिया
प्रस, वीरगंज, १ कात्तिक/ कानून, न्याय तथा संसदीय न्यायमन्त्री अजयकुमार चौरसियाले संविधान संशोधनको मुद्दाबाट नेपाली काङ्ग्रेस र एमाले पछि नहटेको बताएका छन् । बिहीवार नेपाल प्रेस युनियन, पर्साले आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री चौरसियाले नेका र एमालेबीच संविधान संशोधनलगायत सात बुँदे सहमति भएर सरकार गठन भएको र यो सरकार संविधान संशोधनको मुद्दामा दृढ रहेको दाबी […]
सीमा क्षेत्रमा गोली प्रहारको घटनामा अनुसन्धान भइरहेको छ– प्रजिअ
प्रस, परवानीपुर, १ कात्तिक/ मङ्गलवार अपराह्न तीन बजे नेपाल–भारत मितेरीपुल सीमा क्षेत्रमा भएको गोली प्रहार घटनाको विषयमा छानबीन भइरहेको जिल्ला सुरक्षा समिति, पर्साले जनाएको छ । समितिका संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सो घटना निकै संवेदनशील भएकोले सो विषयमा कानूनलाई टेकेर आन्तरिक अनुसन्धान भइरहेको बताए । उनले भारतीय सुरक्षा अधिकारीहरूसँग पनि अनुसन्धानका […]
गण्डक नहरमा सोनारको शव भेटियो
प्रस, परवानीपुर, १ कात्तिक/ वीरगंजबाट चार दिनदेखि बेपत्ता भएका एकजनाको शव बिहीवार बारा जिल्लामा फेला परेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं १ नकटुवाको सरेहमा पर्ने गण्डक नहरको किनारबाट वीरगंज–३ छपकैया बस्ने वर्ष २६ का वीरेन्द्र साह सोनारको शव बरामद भएको हो । शव बरामद हुने स्थान इलाका प्रहरी कार्यालय, प्रसौनी–नौतनको चेक प्वाइन्टबाट लगभग […]
महानगरको राजस्व तीन महीनामा सवा करोड घट्यो
प्रस, वीरगंज, १ कात्तिक/ वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व चालू आवको तीन महीनामा गत आवको तुलनामा सवा करोड कम सङ्कलन भएको छ । वीरगंज महानगरपालिका राजस्व महाशाखाले गत आव २०८०/८१ को साउन–असोजसम्म १६ करोड २६ लाख ३६ हजार ४७३ राजस्व सङ्कलन भएकोमा चालू आवको असोज मसान्तसम्म १४ करोड ५९ लाख पाँच हजार ११४ सङ्कलन भएको जनाएको […]
पर्सा प्रहरीले तीन महीनामा समात्यो १७ करोड भन्सार छलीको सामान
प्रस, परवानीपुर, १ कात्तिक/ जिल्ला प्रहरी कार्यालय, पर्साले चालू आव २०८१/८२ को पछिल्लो तीन महीनामा रु १७ करोड ४६ लाख ८३ हजार मूल्य बराबरको भन्सार र राजस्व छलीका मालसामान बरामद गरी कारबाईको लागि सम्बन्धित निकायमा पठाएको छ । जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार राजस्व छली भएको रु १७ करोड २० लाख […]
लामखुट्टेविरुद्ध वीरगंज महानगरको अभियान
प्रस, वीरगंज, १ कात्तिक/ वीरगंज महानगरपालिकाले बिहीवारदेखि लामखुट्टेविरुद्धको अभियान शुरू गरेको छ । सरसफाइ महाशाखा प्रमुख सर्फुद्दीन मियाँले बिहान र बेलुका गरी दुई समय लामखुट्टेविरुद्धको अभियान आजबाट शुरू गरिएको बताए । जाडोयाम शुरू भएपछि लामखुट्टे वृद्धि हुने हुँदा आजदेखि लामखुट्टेविरुद्धको अभियान सञ्चालन गरेको बताए । आज वडा नं १ देखि ४ सम्म बिहान नालामा स्प्रे […]
मुख्यमन्त्री सिंहद्वारा कोषको भवन अवलोकन
प्रस, वीरगंज, १ कात्तिक/ मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीवार मैथिली विकास कोषको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित निर्माणाधीन भवनको अवलोकन गरेका छन् । सो क्रममा कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री रामसरोज यादव, नेका धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरी, श्याम शशिलगायतले मुख्यमन्त्री सिंहलाई स्वागत गरेका थिए । प्रदेश सरकारले रु सात करोडको […]
ठोरीको वृद्धाश्रमलाई खाद्यान्न सहयोग
प्रस, वीरगंज, १ कात्तिक/ उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा खाद्यान्नलगायतका सामग्री सहयोग गरेको छ । आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्तःमनस्थिति, वृद्धवृद्धा तथा बालबालिकाका लागि भनेर दाल, चना, केराउ, नून, बिस्कुट, सर्पm, फिनेल, चाउचाउ, साबुन, खानेतेल, चिउरा, भुजालगायत सामग्री संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरेकी थिइन् ।
जग्गादानको विषयलाई भ्रामक प्रचार नगर्न आग्रह
प्रस, काठमाडौं, १ कात्तिक/ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गादान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेका छन् । बिहीवार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलामा महासचिव पोखरेलले व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य भएको बताए । गुरुङले दान गरेको जग्गा एमालेले स्वीकार गरेको उनले बताए […]