प्रस, वीरगंज, ३० असोज/
विदेशमा बस्ने मधेसीहरूको साझा सङ्गठन मधेसी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ ।

शनिवार साँझ भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराजले विदेशमा मधेसी समुदायलाई एकताबद्ध गर्न मधेसी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गरे ।

एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा रवीन्द्रकुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा सङ्गठनको विस्तारबारे जानकारी दिए । उनले विदेशमा मधेसी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राखे ।

कार्यक्रममा जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा कृष्ण यादव, दुबईमा कार्यरत नर्स सुश्री नयना, समाजका अध्यक्ष धर्मेन्द्र गोहिवार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका संस्थापकमध्ये अनिल साह परिवारसहित अमेरिका जानुपर्ने भएकोले उनलाई बिदाइ गरिएको थियो ।

महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेशकुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here