प्रस, वीरगंज, ३० असोज/
‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ फोटो प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण वीरगंजबाट कात्तिक २ गतेदेखि शुरू हुने भएको छ ।

नेपाल पिक्चर लाइब्रेरीले सो फोटो प्रदर्शनी वीरगंजमा कात्तिक २, ३ र ४ गते गरी तीन दिन त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम माविमा हुने जानकारी गराएको छ ।

२०७५ सालदेखि लाइब्रेरीको दस्तावेज र अभिलेख सिर्जनाको पहल शुरू भएको र २०८० सालमा पुस्तक प्रकाशित भएको तथा यो प्रदर्शनी काठमाडौं, भारतको नयाँ दिल्ली, कोची, टर्कीको इस्तानबुल, सिङ्गापुर र नेदरल्यान्डको ब्रेडालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय स्थानमा भइसकेको छ ।

दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालका महिलावादी इतिहासको संरक्षण र प्रसार गर्नु फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ ।

नेपाली महिलाहरूको सार्वजनिक जीवनमा रहेका योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महŒव स्थापना गर्नु फोटो प्रदर्शनीको उद्देश्य रहेको बताइएको छ ।

वीरगंजपछि जनकपुरमा कात्तिक ८ देखि १० गतेसम्म यो प्रदर्शनी हुने नेपाल पिक्चर लाइब्रेरीका विराज महर्जनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here