प्रस, रौतहट, ३० असोज/
१३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरी वृन्दावन नगरपालिका–७ बस्ने रूपनारायणप्रसाद रस्तोगी फरार भएका छन् ।

गत बिहीवार असोज २४ गते बिहान १० बजे हुसेनीचोकनजीक रस्तोगीले आप्mनै कोठाभित्र थुनी जबरजस्ती करणी गरेको पीडिताका परिवारको आरोप छ ।

नाबालिका बिर्ताचोकमा पूजा गरी फर्कने क्रममा रस्तोगीले ‘तिम्रो भाउजूले बोलाउनुभएको छ’ भनी कोठाभित्र लगी जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय, गरुडामा उजूरी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here