प्रस, वीरगंज, २९ असोज/
वीरगंज–रक्सौल पुरानो पुलमा मङ्गलवार दिउँसो भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । नेपाली भूभागमा प्रवेश गरेर एसएसबीले दिउँसो गोली फायर गरेपछि सो क्षेत्र एकछिन तनावग्रस्त भएको थियो । नयाँ पक्की पुलको तल पुरानो काठे पुल एरियामा पर्ने नेपाली भूभागमा प्रवेश गरेर एसएसबीले गोली चलाएको एकजना प्रत्यक्षदर्शी महिलाले बताइन् ।

ती महिलाका अनुसार कबाड सङ्कलन गर्ने दुईजना महिला र दुईजना पुरुषलाई भारतीय भूमि अहिर्वाटोलाबाट लखेट्दै आएको एसएसबीका एकजना जवानले उनीहरू नेपाली भूमिमा प्रवेश गरेपछि गोली चलाएका थिए । गोली कसैलाई पनि लागेन र त्यसको खोखा भने नेपाली भूमिमा फेला परेको छ । एसएसबीले गोली चलाएको कुराको सूचना आएको तर आधिकारिक पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । उनले घटनास्थलमा नेपाली सुरक्षाकर्मीहरू पुगेर विवरण सङ्कलन गरिरहेको बताए । उनले घटनाको विस्तृत विवरण प्राप्त नभएको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here