जीतलाल श्रेष्ठ, निजगढ, २९ असोज/
बाराको कोल्हवी नगरपालिका–२ वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट सोमवार एकजना पुरुरूषको घटनास्थलमैं ज्यान गएको छ । मृत्युु हुुनेमा सोही वडाका ६० वर्षीय हस्तबहादुुर थोकर रहेको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

बिहान करीब ७ बजे घरबाट घाँस, दाउराका लागि तामागढी साझेदारी वन व्यवस्थापन समितिको वन क्षेत्रमा गएका उनलाई जङ्गली हात्तीले सोमवार करीब १० बजे आक्रमण गरेको जनाइएको छ । उनीसँगै गएका अन्य मानिस भने भागेर ज्यान जोगाएका थिए । घटनाको जानकारी पाउना साथ डिभिजन वन कार्यालय सिमरा बाराको टोलीसमेत घटनास्थलमा पुुगेको डिभिजनल वन अधिकृत राजीवकुुमार झाले जानकारी दिए ।

वन क्षेत्रमा जङ्गली हात्ती, बाघ लगायत वन्यजन्तुुको चहलपहल बढेको जानकारी पाएसँगै डिभिजन वन कार्यालय बाराले मातहतका निकायहरूलाई निर्देशन दिई स्थानीय सञ्चार माध्यममार्फत कोही कसैलाई वन क्षेत्रमा प्रवेश नगर्न अनुुरोध गर्दै आएको छ ।

केही महीनादेखि तीनवटा जङ्गली हात्तीको एउटा समूह वन क्षेत्र र आसपासका बस्तीमा बालीनाली खान पल्केको स्थानीयले बताएका छन् । तिनैमध्ये असोज ६ गते धानबाली खान आएको लगभग १८ वर्ष उमेरको एउटा हात्ती करेन्ट लागेको अवस्थामा फेला परेको थियो । पर्सा राष्ट्रिय निकुुञ्ज विस्तारपछि केही वर्षदेखि जङ्गली हात्ती, पाटे बाघ, चितुुवाको चहलपहल डिभिजन बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here