जीतलाल श्रेष्ठ, निजगढ, २८ असोज/
निजगढ नगरपालिकाले लगाएको खोलाकोे ठेक्का भ्याटसहित ११ करोड ७९ लाख ३४ हजार ३३२ रुपियाँ ५८ पैसामा सकार भएको निजगढ नगरपालिकाले जनाएको छ ।
यस आर्थिक वर्षका लागि नगरपालिकाले रु १,०३,७६,७३०.०० घनफिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम भ्याटसहित रु ९,३८,०५,६३९ रुपियाँ तोकिएको थियो । नगरपालिकाले बकैया, भक्तलाल र शक्ति खोलाको ठेक्का आह्वान गरेको थियो ।
नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपसारको ठेक्का बन्दोबस्तीका लागि निजगढ नगरपालिकाले इ–बिडिङ अर्थात् विद्युतीय बोलपत्र आह्वान गरेको थियो । इ–बिडिङ प्रक्रियामा एउटा ठेकेदार कम्पनीले आवश्यक कागजात पूरा गरी टेन्डर भरेको छ भने ठेक्का सम्झौता गर्न सकिने कानूनी आधार रहेको निजगढ नगरपालिका लेखा शाखाले जनाएको छ ।