प्रस, वीरगंज, ११ असोज/
होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साले शुक्रवार ४५औं अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाएको छ ।
वीरगंज नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ गइरहेका छजना भारतीय धार्मिक पर्यटकलाई शङ्कराचार्यद्वारमा सङ्घले स्वागत तथा सम्मान गरेको थियो । धार्मिक पर्यटकहरूलाई दही र जुस खुवाएर टीका, माला लगाएर नेपालमा स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तले बताए ।
उनले नेपालमा रहेका धार्मिक, ऐतिहासिक, पुराताŒिवक महŒवका स्थानहरूमा पर्यटकहरू पठाउन सहज होस् र यसमा सरोकारवालाहरूको ध्यान पुगोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय पर्यटन दिवसमा भारतीय पर्यटकहरूलाई सम्मान गरिएको बताए । उनले सरकारले धार्मिक महŒवका थुप्रै स्थानका बारेमा भारतीय पर्यटकहरूलाई प्रचारप्रसारको माध्यमबाट आकर्षित गर्नुपर्ने बताए ।
आज भारतीय पर्यटकहरूलाई स्वागत, सम्मान गर्दै खाजा खुवाएर उनीहरूलाई गन्तव्यसम्म पुग्ने भाडाको पनि व्यवस्थापन गरिएको अध्यक्ष पन्तले बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, पर्यटन प्रहरीको टोली, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका रचेन्द्र थापा, माधव बस्नेत, सन्दीप बस्नेत, हीरा श्रेष्ठ, कुबेर कार्कीलगायतको सहभागिता थियो ।