नितेश कर्ण, वीरगंज, ११ असोज/
शैक्षिक, धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएबापत वीरगंज महानगरपालिका–३२ निवासी ९८ वर्षीया एकल महिला मनदेवी मिश्रलाई अम्बिका/ममता स्मृति प्रतिष्ठानले शुक्रवार सम्मानित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले वृद्धा मिश्रलाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए । प्रमुख अतिथि पाण्डेले समाजमा एकल महिलाहरूले पु¥याएका योगदानको कदर र सम्मान गर्नुपर्ने बताए । प्रतिष्ठानका अध्यक्ष अरविन्द सिंहले एकल महिला मिश्रले लामो समयदेखि वीरगंज महानगर–३२ टेढामा विद्यालय स्थापनाका लागि जग्गादान गरी भौतिक संरचना निर्माणलगायतमा योगदान पु¥याएकीले सम्मान गरिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठ, नेपाल चिकित्सक सङ्घ पर्साका उपाध्यक्ष डा नीरज सिंह, शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाली काङ्ग्रेसका स्थानीय नेता जीतेन्द्रपुरुष ढकाल, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालालगायतले शुभकामना व्यक्त व्यक्त गरेका राजन श्रीवास्तवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here