प्रस, पंचगावाँ, ११ असोज/
पर्सा प्रहरीले कुटपिट मुद्दामा पर्सा जिल्ला अदालतबाट जनही रु २४० जरिवाना भएपछि सो जरिवाना नतिरेर फरार सूचीमा रहेका पटेर्वासुगौली गाउँपालिका–५ का सातजनालाई पक्राउ गरेको छ ।

प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेल नेतृत्वको प्रहरी टोलीले हिजो पटेर्वासुगौली–५ निवासी ७० वर्षीय रामेश्वर महतो थारू, ६८ वर्षीय पलट महतो थारू, ६८ वर्षीया रामपतिदेवी थरुनी, ६७ वर्षीया गौरीदेवी थरुनी, ४४ वर्षीय लक्ष्मी महतो थारू, ३८ वर्षीय लक्ष्मण महतो थारू र सोही उमेरका राम महतो थारूलाई पक्राउ गरेको हो ।

प्रहरीले सातैजनामाथि पर्सा जिल्ला अदालतबाट कुटपिट मुद्दामा जनही रु २४० जरिवाना भएपछि उनस्हरू फरार सूचीमा रहेकाले पक्राउ गरी शुक्रवार पर्सा जिल्ला अदालतमा पेश गरिएको बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here