प्रस, सिम्रौनगढ, १० असोज/
सिम्रौनगढ नगरपालिका–७ स्थित बारा उद्योग वाणिज्य सङ्घ सिम्रौनगढमा बिहीवार सुरक्षा तथा न्यायबारेमा वडावासीलाई जानकारी गराइएको छ ।

युके इन्टरनेशनल डेभलेपमेन्टको सहयोगमा युएनओपिसीले आयोजना गरेको कार्यक्रममा वडास्तरका समस्या पहिचानबारे सरोकारवालासँग छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई समुदायमा प्रहरीको भूमिका, आपराधिक गतिविधि, असामाजिक गतिविधिबारे जानकारी गराइएको थियो । वडाध्यक्ष विवेक मेहता र दीनदयालप्रसाद मुखियाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई, सारा अक्सपेन्टका सन्तोष खतिवडा, आलोक ठाकुर, तथ्याङ्क अधिकृत संरचना शाक्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण युएनओपिसीकी प्रमुख मीरा चौधरीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here