प्रस, वीरगंज, ९ असोज/
मधेस प्रदेश सरकारले सय दिनको उपलब्धि बुधवार सार्वजनिक गरेको छ । सय दिन पूरा गरेको अवसरमा आज बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतीशकुमार सिंहले सय दिनको अवधिमा प्रदेशमा शिक्षा, स्वास्थ्य, कृषि, खेलकूद, श्रम बजारलगायतका क्षेत्रमा सुधार भएको दाबी गरे ।
स्थानीय तहबाट मधेस प्रदेश सरकार मातहत हस्तान्तरण भई आएका चारवटा अस्पताल पर्साको पोखरिया, सर्लाहीको धनकौल, सप्तरीको भारदह र धनुषाको डुमरिया अस्पताल स्तरोन्नति गरेर अहिले सञ्चालन हुने अन्तिम तयारीमा रहेको र विभिन्न स्वास्थ्य संस्थामा पठाउन चार सयभन्दा बढी दरबन्दी सिर्जना गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले स्वास्थ्य संस्थाका लागि थप विषयगत दरबन्दी सिर्जना तथा स्रोत सुनिश्चितताको कार्य अगाडि बढाइएको सार्वजनिक गरेको उपलब्धिपत्रमा उल्लेख गरेका छन् ।
यस्तै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय शøया थप गरिएको र एमबिबिएस कार्यक्रमका लागि ५० सिट आरक्षित गरिएको पनि प्रदेश सरकारको उपलब्धिमा उल्लेख छ । विभिन्न अस्पतालहरूमा उपकरणहरू वितरण र स्तरोन्नति गर्दै स्वास्थ्य सेवा सुधारका लागि चार सयभन्दा बढी दरबन्दी सिर्जना गरिएको मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलनमा बताए ।
मधेस सरकारले श्रम बजार सुधारका लागि दुई सय कम्पनीलाई लक्षित गरी सर्वेक्षण गरेको र बेरोजगार जनशक्तिलाई आवश्यक तालीम दिएर रोजगार सिर्जना गर्न पहल थालेको उनले बताए । यातायात क्षेत्रमा सुधार, सवारीचालक अनुमतिपत्रका समस्याहरू समाधान गरेको, सवारीसाधन अभिलेखको डिजिटलाइजेशनले सेवा छरितो र प्रभावकारी भएको सय दिनमा गरेको उपलब्धिमा मधेस सरकारले उल्लेख गरेको छ ।
कमला नदीको बाढीका कारण बगर बनेको १५ हजार बिघा जमीनलाई कृषिमा उपयोग गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को तयारी भइरहेको मुख्यमन्त्री सिंहले बताए । डेढ लाख मेट्रिक टन रासायनिक मलको समयमैं वितरण गरिएको, भेटेरिनरी सेवा र मत्स्य उत्पादनमा महŒवपूर्ण योगदान पु¥याइएपछि ५० हजारभन्दा बढी किसान लाभान्वित भएको उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।
यसैगरी, पशु बीमा, निर्वाचन क्षेत्र लक्षित कृषि विद्युतीकरण कार्यक्रम, कृषि उत्कृष्टता केन्द्र, हरेक पालिका एक एग्रोभेट कार्यक्रम र बजारसँगै १६ ठाउँमा शीतभण्डार, भेटेरिनरी एम्बुलेन्स, भेटेरिनरी अस्पताललगायतका महŒवपूर्ण योजना अघि बढाएर कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री सिंहले बताए ।
उनले प्रदेश सरकारले व्यापार–व्यवसायसम्बन्धी विधेयक, २०८० पेश गर्ने तयारी गरेको र बजार अनुगमन निर्देशिका निर्माण गरी उपभोक्ता हितलाई सुनिश्चित गर्दै घरेलु तथा साना उद्योगलाई प्रोत्साहन दिन सीप विकास तालीम सञ्चालन गरिएको बताए । सिमेन्ट उद्योगहरूको कर अनुगमन गर्दै राजस्व वृद्धि गर्ने योजना अघि सारिएको सरकारले गरेका उपलब्धिमा समावेश छ ।
लागूऔषध दुव्र्यसनमुक्त अभियान अन्तर्गत सुधार केन्द्रको स्थापना गरिएको र सुरक्षासम्बन्धी निकायहरूलाई सबलीकरण गर्न आवश्यक सामग्रीहरू प्रदान गर्दै अपराध नियन्त्रणमा योगदान पु¥याइएको उनले बताए । यस्तै, भौतिक पूर्वाधारतर्फ एक निर्वाचन क्षेत्र एक पक्की पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाइएको बताउँदै मुख्यमन्त्री सिंहले प्रदेशको ८७५ हेक्टर सार्वजनिक स्थलमा वृक्षारोपण गरिएको जानकारी दिए ।