प्रस, वीरगज, ९ असोज/
पर्सा जिल्ला अदालतबाट दण्ड जरिवाना भएपछि फरार रहेका १० जनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी अदालतमा हाजिर गराएको छ ।

जिप्रका, पर्साले मङ्गलवार राति विभिन्न स्थानबाट फरार सूचीमा रहेका १० जनालाई पक्राउ गरेको र बुधवार उनीहरूलाई पर्सा जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि हाजिर गराएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

अदालतको फैसलापछि लुकीछिपी बस्दै आएका वीरगंज महानगर–८ निवासी सन्ध्यादेवी कानू, बहुदरमाई नपा–८ नगरदाहा निवासी बैधनाथसाह तेली, प्रमोदसाह तेली, नगिनादेवी साह, अमर प्रसाद, पटेर्वासुगौली गापा–५ निचुटा निवासी पारस गिरी, पकाहामैनपुर गापा–२ निवासी खुतिनी बादर्जी र पोखरिया निवासी रामप्रसाद महतो धानुक र माया देवीलाई हिजो राति विभिन्न स्थानबाट पक्राउ गरिएको प्रवक्ता गिरीले बताए ।

पक्राउ परेकामध्ये सातजना कुटपिट, दुईजना जालसाजी र एकजना किर्ते मुद्दाका आरोपित रहेका प्रवक्ता गिरीले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here