आगामी सरकार काङ्ग्रेस नेतृत्वको –सभापति देउवा
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/agami-sarakar-1024x571.jpg)
प्रस, वीरगंज, ९ असोज/ नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले आगामी सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने बताएका छन् । वीरगंज महानगर–२४ रामगढवास्थित नेका पर्साको आत्माराम ओझ–दुखा सहनी स्मृति भवनको बुधवार उद्घाटन गर्दै उनले ओझा र सहनी नेपाली काङ्ग्रेसका सपूत भएको बताए । उनले पर्सा जिल्ला नेपाली राजनीतिकमा ऐतिहासिक जिल्ला भएको र २००७ सालको क्रान्तिको पहिलो बिगुल […]
२०८१ असोज १० गते बिहीवारको प्रतीक दैनिक
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/2081-06-10-Thursday-1024x570.jpg)
पढ्न यहाँ क्लिक गर्नुहोला
वर्तमान सरकारको कारण देश विनाशतर्फ जाँदैछ –डा राउत
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/vartaman-sarakarko-1024x326.jpg)
प्रस, वीरगंज, ९ असोज/ जनमत पार्टीका अध्यक्ष डा सिके राउतले वर्तमान सरकारले संविधान संशोधनको कुरा उठाएर मधेसी जनतालाई फेरि पनि झुक्याउन खोजेको आरोप लगाएका छन् । जनमत पार्टी पर्साले वीरगंजमा बुधवार आयोजना गरेको प्रशिक्षण एवं शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष डा राउतले अहिलेको सरकार फरक विचार भएका दुई पार्टीबीच बनेकोले यो मिलनबाट देशको विनाश मात्र हुने […]
मधेस सरकारको सय दिन, सबै क्षेत्रमा प्रगति गरेको मुख्यमन्त्रीको दाबी
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/madhesh-sarakarko-1024x387.jpg)
प्रस, वीरगंज, ९ असोज/ मधेस प्रदेश सरकारले सय दिनको उपलब्धि बुधवार सार्वजनिक गरेको छ । सय दिन पूरा गरेको अवसरमा आज बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतीशकुमार सिंहले सय दिनको अवधिमा प्रदेशमा शिक्षा, स्वास्थ्य, कृषि, खेलकूद, श्रम बजारलगायतका क्षेत्रमा सुधार भएको दाबी गरे । स्थानीय तहबाट मधेस प्रदेश सरकार मातहत हस्तान्तरण भई आएका चारवटा अस्पताल […]
नेपाल पत्रकार महासङ्घको निर्वाचन फेरि स¥यो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/nepal-patrakar-1024x685.jpg)
प्रस, वीरगंज, ९ असोज/ नेपाल पत्रकार महासङ्घको असोज १२ गते हुने भनिएको केन्द्र, प्रदेश र जिल्लाहरूको निर्वाचन फेरि पनि सरेको छ । महासचिव रोशन पुरीले बुधवार विज्ञप्ति जारी गर्दै असोज १२ गते तोकिएको निर्वाचन पनि हुन नसक्ने परिस्थिति सिर्जना भएको जानकारी गराएका छन् । उनले २७औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थितिपछि २०८१ जेठ २६ गते, असार […]
१० जना फरार प्रतिवादी पक्राउ
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, वीरगज, ९ असोज/ पर्सा जिल्ला अदालतबाट दण्ड जरिवाना भएपछि फरार रहेका १० जनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी अदालतमा हाजिर गराएको छ । जिप्रका, पर्साले मङ्गलवार राति विभिन्न स्थानबाट फरार सूचीमा रहेका १० जनालाई पक्राउ गरेको र बुधवार उनीहरूलाई पर्सा जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि हाजिर गराएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब […]
गाउँघरमा दुर्गा पूजाको पण्डाल ठड्याइँदै पर्सा/बारामा लाखौं खर्च गरेर भव्य तयारी
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/gaaungharma-1024x768.jpg)
प्रस, परवानीपुर, ९ असोज/ नजीकिंदै गरेको दशैंमा प्रत्येक वर्षझैं यस वर्ष पनि गाउँघरका टोलहरूमा दुर्गा पूजाको तयारी थालिएको छ । असोज १७ गते घटस्थापना परेको छ । सोको एक महीना अघिदेखि पर्सा र बारामा दुर्गा पूजाको तयारी थालिएको छ । प्रत्येक वर्ष धूमधामका साथ दुर्गापूजा गर्ने क्रम बढ्दै गएको छ । विभिन्न स्थानमा साजसज्जा गरिएको […]
भारतको जिएसटी सरह व्यवस्था गर्न उद्योगी–व्यापारीको माग
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/bharatako-1024x295.jpg)
प्रस, परवानीपुर, ९ असोज/ वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालसमेतको उद्योगी– व्यापारीहरूको टोलीले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना समस्याहरू बताएका छन् । मङ्गलवार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्दै अध्यक्ष अग्रवाल, पूर्वअध्यक्षहरू अशोक बैद, प्रदीप केडिया, सुबोध गुप्ता, ओमप्रकाश शर्मालगायतले पर्सा/बारा औद्योगिक क्षेत्रका समस्याहरूको बारेमा सभापति देउवालाई अवगत गराएका थिए […]
बुबाको हत्या गर्ने छोरा पक्राउ, बुहारी फरार
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, सिराहा, ९ असोज/ बुबाको हत्या गरेको आरोपमा प्रहरीले सिराहा जिल्लाको सीमावर्ती क्षेत्र, औरही गाउँपालिका–३ खजनपुरबाट एकजनालाई पक्राउ गरेको छ । घरायसी विवादमा ६५ वर्षीय वृद्ध बुबा भालेश्वर यादवलाई उनको छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी ३५ वर्षीया रेणुकुमारीले कुटपिट गर्दा ज्यान गएको प्रहरीको ठहर छ । हत्या अभियोगमा मृतक भालेश्वरका छोरा शैलेन्द्रलाई घरबाटै […]
त्रासद वर्तमान र मौन यथार्थ
![](https://eprateekdaily.com/wp-content/uploads/2024/08/sanjays.jpg)
• सञ्जय साह मित्र एउटा पुरानो भनाइ छ–प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ । यस भनाइको परीक्षण सम्पूर्णरूपमा सम्भव छैन । यदि कोही युद्धको सम्पूर्ण परीक्षण गर्दछ भने कुनै एक कारणले युद्ध भएको हुँदैन वा युद्धले कुनै एक परिणाम मात्र दिंदैन । अनि प्रेम त अपरिभाषेय छ । यसैले कतिपयले प्रेमलाई पनि युद्धको संज्ञा […]