• सञ्जय साह मित्र

एउटा पुरानो भनाइ छ–प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ । यस भनाइको परीक्षण सम्पूर्णरूपमा सम्भव छैन । यदि कोही युद्धको सम्पूर्ण परीक्षण गर्दछ भने कुनै एक कारणले युद्ध भएको हुँदैन वा युद्धले कुनै एक परिणाम मात्र दिंदैन । अनि प्रेम त अपरिभाषेय छ । यसैले कतिपयले प्रेमलाई पनि युद्धको संज्ञा दिन्छन् । यदि कोही मानिस प्रेममा परेको छ भने उसले आप्mनो पे्रमको लागि निकै धेरै कुरा समर्पण गर्न सक्छ । चाहे त्यो प्रेम कुनै व्यक्तिप्रति होस् वा आप्mनो विचार वा वस्तु तथा जन्तुप्रति । को कति प्रेम गर्दछ भन्नुको तात्पर्य यो पनि हो कि को कति युद्ध गर्न सक्छ । को कति त्याग गर्न सक्छ । उसो भए युद्ध पनि त्याग हो त ?

अहिले विश्वमा युद्ध भइरहेका छन् । विश्वका धेरै देश युद्धमा प्रत्यक्ष संलग्न छन् । यसैगरी कतिपय देश चाहिं युद्धमा सहभागी भएको देशलाई सहयोग गरिरहेका छन् । युद्धबारे अनेक किसिमका आरोपहरू लाग्छन् । अनेक किसिमका समाचारहरू आइरहन्छन् । युद्धको विषयमा, युद्धसित सम्बन्धित र युद्धबाट सिर्जित समस्याबारे विश्व जानकार नभएको होइन । युद्धले त्यहाँको समाजलाई फाइदा दिइरहेको होला भन्ने लागेको छैन किनभने मिडिया र सामाजिक सञ्जालमा आएका कतिपय चित्र तथा भिडियोहरूमा विध्वंस मच्चिएको देखिन्छ । कति धेरै परिश्रम र लगानीका साथ रहरले निर्मित संरचनाहरू ध्वस्त भएका छन् । पछिल्लो समयमा जुन युद्ध चर्किरहेका छन्, त्यसका कारण हजारFैं मानिसको मृत्यु भइसकेको छ ।

मानिसको मृत्युलाई निकै गम्भीरतापूर्वक लिनुपर्छ । आखिर कुनै पनि देशले आप्mनो देशको विकास गर्नुको अर्थ त्यहाँको नागरिकलाई सुविधा नै प्रदान गर्नु हो । देशको नागरिकलाई सुरक्षा दिनु हो । देशको नागरिकलाई सुरक्षा दिनको लागि युद्ध गर्नुपर्दा सुरक्षाकै नाममा नागरिक मारिन्छन् । यो कस्तो सुरक्षा हो ? सुरक्षा भन्दै मृत्युवरण गर्न बाध्य पारिंदैछ । यति मात्र नभएर देशभरिका नागरिकमा त्रासको वातावरण सिर्जना भइरहेको छ । अलिकति विस्तारित दृष्टिकोणले विचार गर्ने हो भने उक्त त्रास कुनै एक देशको सीमा नाघेर संसारका हरेक बुद्धिजीवीसम्म आइपुगेको छ । युद्धको कुनै न कुनै प्रभावबाट विश्वको हरेक नागरिक प्रभावित भइरहेको छ वा भइसकेको छ तथा युद्ध जारी रहँदा अझै भइरहने छ ।

जब युद्ध शुरू भएको थियो तब लगातार पेट्रोलियम पदार्थको भाउ बढेको थियो । सबैले बुझेको कुरा हो कि जब इन्धनको मूल्य बढ्छ, तब सवारी साधनको सञ्चालन खर्च बढ्छ र त्यसको प्रभावले भाडामा वृद्धि हुन्छ । भाडामा वृद्धि हुनुको अर्थ हुन्छ वस्तुको मूल्यवृद्धि । अनि मूल्यवृद्धिको कारण बढ्ने फेरि गरीबी नै हो । इन्धनको मूल्य घट्दा भाडा समायोजन भने हुँदैन । फाइदा हुन्छ, पूँजीपतिवर्गलाई । समस्या हुन्छ निम्नवर्गीय मानिसलाई । मूल्यवृद्धिले हरेक घर र व्यक्ति प्रभावित छ, पछि पनि हुनेछ । मूल्यवृद्धिमा युद्धको प्रभाव कति रहेको छ भन्ने कुरालाई पनि छुट्याउन सकिन्छ तर प्रभाव अवश्य रहेको छ ।

संसारका हरेक बुद्धिजीवी युद्धको सन्त्रासले स्तब्ध छ । एक्कासि गर्मी बढेपछि धेरैले युद्धकै कारण हो भनेर पनि विश्लेषण गरे । विश्वव्यापी तापीकरणले अब नेपाल पनि धेरै प्रभावित हुन थालेको बताइन्छ । विध्वंस र विस्फोटका चित्रहरू सार्वजनिक भइरहँदा धूवाँका मुस्लाहरू पनि आकाशतिर गइरहेका देखिन्छन् । ती विध्वंस र धूवाँका मुस्लाहरूले वातावरणलाई पनि नोक्सान पु¥याइरहेका छन् । वातावरणको नोक्सानले विश्वको कुनाकुना प्रभावित पारिरहेको यथार्थ हो । अनि वातावरणप्रति सचेत नागरिकले चिन्ता र चिन्तन गर्नु स्वाभाविक हो । आप्mनो चिन्ताले विश्वमा कुनै असर नगरे पनि यस किसिमको चिन्ताले विश्वव्यापी आकार लिइरहेको छ । अहिलेको समयमा मानिसमा चिन्ता बढ्दै जाने थप कारण पनि छ ।

युद्धको सन्त्रास अन्यत्र पनि विस्तार भइरहेको छ । युद्ध कतै अझ नजीक पो सर्ने हो कि ? यस किसिमको सन्त्रासले यसकारण पनि चिन्ता बढाएको छ कि पहिलेदेखि चलिरहेका युद्धहरू समापन हुने निकट भविष्यमा कुनै आशा देखिएको छैन । युद्ध लम्बिइरहँदा फेरि अर्को युद्धको सन्त्रास बढ्नु भनेको दुनियाँमा खतराको चिन्ता बढ्नु हो । विश्वका धेरै देश प्रत्यक्ष वा परोक्ष युद्धरत हुनु वा युद्धोन्मुख हुनुले फेरि महायुद्ध त हुने होइन ? मूल चिन्ताको विषय यो पनि हुन पुगेको छ र मानिसको मनमा अर्को पनि त्रासको बीजारोपण भइसकेको छ ।

अर्थात् युद्धमा होमिएका र होमिन तयार रहेका कतिपय देशसित आणविक अस्त्र छन् । हिरोशिमा र नागासाकीमा परमाणु बम पड्किसकेको समयदेखि अन्य धेरै देशमा यस किसिमको हतियारको विकास भइसकेको छ । युद्धमा अहिले नै संलग्न देशसित पनि यस्ता हतियार छन् । बेलाबेला हल्ला पनि आउने गरेको छ निकै ठूलो सन्त्रासको पोको बोकेर । त्यो भनेको आणविक अस्त्रको परीक्षण युद्धमा हुन गइरहेको आशङ्का । यस किसिमको समाचारलाई भूmटो साबित गराउन बौद्धिक मनोविज्ञानले कसरत गर्दछ । सम्भव भएसम्म यस किसिमको समाचार बन्ने कुनै सामग्री नै सञ्चार माध्यमले नपाओस् भन्ने कामना गर्दछ । यस किसिमको कसरत र कामनाले युद्ध रोक्न कुनै सहयोग पु¥याउने त होइन । अधिकांश मानिसले युद्ध चाहेको छैन । युद्ध कसैको चाहना होइन, बाध्यतासम्म होला तर जुन बाध्यताले संसारका अधिकांश नागरिकलाई पीडा दिन्छ र जहाँ युद्ध हुन्छ त्यहाँ अनेक मानवीय समस्या आउँछ भन्ने कुरा बुझ्दाबुझ्दै पनि युद्धको वातावरण हटाउन नसक्नु बौद्धिक वर्गको पनि कमजोरी हो ।

अहिले आणविक अस्त्रको सन्त्राससे सबैभन्दा बढी बुद्धिजीवीलाई सताएको छ । आणविक अस्त्रसम्पन्न मुलुकहरू युद्धमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न छन् । युद्ध भइरहेको छ तर युद्धमा कुनै पनि हालतमा कुनै पनि देशले यस किसिमको घातक अस्त्रको प्रयोग नगरोस् भन्ने कुराको निश्चिन्तता युद्धरत देशहरूबीच हुनुपर्छ । विश्व समुदायले कम्तीमा यस कुरालाई निश्चित गराउनुपर्छ वा निश्चित गर्नु सर्वाधिक महŒवपूर्ण हुन्छ कि कुनै पनि मूल्यमा यस किसिमको हतियारको प्रयोग, दुरूपयोग वा उपयोग युद्धक्षेत्र वा अन्यत्र पनि हुनुहुन्न, गर्नुहुन्न । र, सम्भव भएसम्म युद्धको सम्पूर्ण विषय, क्षेत्र वा कारण वार्ता तथा संवादको माध्यमले सुल्झाउनु उचित हुन्छ । वार्ता र संवादका जे जति अवरोधहरू छन्, बिस्तारै हटाउँदै जाने वातावरण बनाउनुपर्छ ।

युद्ध विभीषिका विश्वमा धेरै ठाउँमा छरिएको छ र यसको सन्त्रास सर्वत्र व्याप्त छ । युद्धको दृश्य कारण र अदृश्य कारण सबैलाई थाहा नहोला तर युद्धको दृश्य र अदृश्य परिणाम भने सबैलाई थाहा हुन्छ । युद्धले वर्तमानमा दिने र भविष्यमा दिन सक्ने परिणामको पनि दुनियाँले अनुमान लगाइरहेको छ । अनि युद्धको वातावरणसित सर्वसाधारण सजग रहन चाहन्छ । विश्व शान्ति चाहन्छ । यो चाहनालाई धेरै तŒवले बिथोलिरहेका छन् र विश्वमा सन्त्रासको साम्राज्य बिस्तार गरिरहेका छन् । यही सन्त्रासमा आणविक सन्त्रास पनि थपिंदा विश्व समुदायमा चिन्ताको पारो थप बढेको छ । आणविक शक्तिसम्पन्न देशहरूले नै भए पनि, कम्तीमा यस किसिमको एउटा सम्झौता गरून् कि हामी यसको प्रयोग गर्दैनौं र आणविक अस्त्र नभएका विश्वका सारा देश तथा तिनका नागरिकहरूले आणविक शक्तिसम्पन्न देशमाथि दबाब सिर्जना गरून् । विश्वलाई, भूगोललाई, यस संसारलाई, संसारका मानिस र जीवजन्तुलाई भविष्यसम्म पनि सन्त्रासविहीन वातावरणमा बाँच्न पाउने हक प्रदान गर्नुपर्छ । यदि संसारमा आणविक अस्त्रको डर रहेन भने अहिलेको भन्दा मानिसको मनोविज्ञान निकै फरक हुन जान्छ । मानिसको चिन्तन निकै स्वस्थ हुन पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here