प्रस, वीरगंज, ८ असोज/
राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साले मङ्गलवार वीरगंजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामार्पmत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

रास्वपा, पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वमा पार्टी कार्यालय आदर्शनगरबाट निकालिएको जुलुसले नगरपरिक्रमा गर्दै माईस्थानमा कोणसभा गरेको थियो । कोणसभामा केन्द्रीय सदस्य नन्दन यादव, पूर्वसंयोजक दिलीप कुर्मी, तुलसा पौडेल, पैmयाज मियाँ, जीतेन्द्र मिश्र, राम सर्राफ, रामप्रमोद रायमाझी, राम आर्य, सोनालाल पटेल, माधव बस्नेत, उमेश यादव, प्रदीप पटेल, चन्दन गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले ८७ अर्ब ठगी गर्ने असली सहकारी ठगहरूलाई कारबाई नगरी रवि लामिछानेप्रति राजनीतिक पूर्वाग्रह साँध्ने काम भइरहेको आरोप लगाएका थिए । उनीहरूले कुनै पनि बहानामा लामिछानेलाई पक्राउ गर्ने दुस्साहस नगर्न चेतावनी दिए ।

पन्त नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबू अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

ध्यानाकर्षणपत्रमा पार्टी अध्यक्ष रवि लामिछाने सहकारी ठगी हिनामिनामा दोषी नदेखिएका तर उनलाई सत्ता र शक्तिको दुरुपयोग गरी राजनीतिक प्रतिशोध साँध्न धरपकड, थुनछेक गर्ने सम्भावना भएको भन्दै त्यसो गरिए देशकै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिए ।

उनले घटनापछि सिर्जित समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै रास्वपाको ध्यानाकर्षणपत्रमा विचार पु-याउन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here