प्रस, वीरगंज, ७ असोज/
स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा सोमवारदेखि दुई दिने जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी वीरगंजमा शुरू भएको छ ।
स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक राजीव झाले दुई दिने समीक्षा गोष्ठीको उद्घाटन गरेका थिए । स्वास्थ्य कार्यालय, पर्साका प्रमुख एवं कार्यक्रमका अध्यक्ष डा मुक्तिनारायण साहले मधेस प्रदेशमैं पर्सा शाखा स्वास्थ्य क्षेत्रमा दुई वर्षदेखि उत्कृष्ट हुँदै आएको बताए । उनले अन्य जिल्लाको तुलनामा स्वास्थ्य क्षेत्रमा पर्सा जिल्ला अग्रणी स्थानमा रहेको बताए ।
उनले दरबन्दी अनुसार कर्मचारीहरूको कमी भएपनि पर्सा शाखाले स्वास्थ्य क्षेत्रका विभिन्न खुडकिलाहरू पूरा गर्दै गएको बताए । उनले एचआइभी, लागूऔषध, खोप, टिभी, मलेरिया, गर्भपतन, कुष्ठरोग, मातृ/नवजात शिशु आदिका सन्दर्भमा पर्सा जिल्लाले आशाप्रदरूपमा काम गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिंदै जाने बताए । उनले पर्सा जिल्लालाई पूर्णखोप जिल्ला घोषणा र जिल्लामा महामारी नियन्त्रण गरिएको बताए । जिल्ला अहिलेसम्म महामारीको कारण कसैको पनि मृत्यु नभएको उनले बताए । उनले पर्सा शाखाको स्वास्थ्य क्ष्Fेत्रमा पालिकाहरूको भूमिकाको पनि सराहना गरे ।
रौतहटमा हैजाको महामारी देखिएको तर पर्सा जिल्लामा भने यस प्रकारका महामारी देखा पर्नासाथ तुरुन्त जिम्मेवारी वहन गरिएका कारण नियन्त्रण हुने गरेको बताए । उनले स्वास्थ्य क्ष्Fेत्रमा बजेटको अवस्था दयनीय रहेको र सङ्घ तथा प्रदेशले पनि विभिन्न चरणमा कार्यक्रम रोक्न निर्देशन दिने र पछि सोही कार्यक्रम किन भएन भनेर सोधनी गर्ने गरेको बताए । उनले सङ्घमा रहेका कमीकमजोरीलाई प्रदेशले सम्बोधन गर्ने काम पनि नगरेको जिकिर गरे ।
वीरगंज महानगरमा रहेका अस्पताल, पोलिक्लिनिक, क्लिनिकहरू अहिलेसम्म स्वास्थ्य कार्यालयको दायरामा नआएकाले पनि यो क्ष्Fेत्रमा आशाप्रदरूपमा काम हुन नसकेको उनले बताए ।
प्रमुख डा साहले पालिकाहरूले स्वास्थ्यको लागि प्रभावकारी काम गर्ने वातावरण बनाउन आन्तरिक स्रोतमा मात्र भर नपरी बाह्य स्रोतमा पनि यसलाई समावेश गर्नुपर्ने सुझाव दिए । उनले पर्सा जिल्लामा ठोरी गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाको लागि कार्य गरिरहेको तर अन्य पालिकाहरू ठोरी गापाको अनुपातमा पछि परेको बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सरकारले शिक्षा, स्वास्थ्य, सरसफाइलाई प्राथमिकतामा राखेर काम गरिरहेको र यसको लक्ष्य र प्रतिफलको दूरीको समीक्ष्Fा गरेर आगामी दिनमा योजनाहरू बनाउनुपर्ने बताए । उनले स्वास्थ्य क्ष्Fेत्र अति संवेदनशील भएकोले अरू क्षेत्रमा हुने सेवाका गलतीहरू सच्याउन सकिए पनि यो क्ष्Fेत्रको गलती क्ष्Fम्य नहुने हुँदा सम्बन्धित स्वास्थ्यकर्मी, चिकित्सकहरूले गम्भीरताका साथ काम गर्नुपर्ने सुझाए । पर्सा जिल्लामा सीमान्तकृत र पिछडावर्गहरूलाई पनि स्वास्थ्य सेवा कसरी प्रदान गर्ने विषयमा सरोकारवाला निकाय चिन्तित हुनुपर्ने उनले सुझाव दिए ।
प्रजिअ भुसालले पर्सा जिल्लामा लागूऔषधको समस्या विकराल रहेको बताए । उनले लागूऔषधको कुलतमा १६ देखि १८ वर्ष उमेर समूहका युवाहरू धेरै लाग्ने भएकाले उनीहरूलाई सुधारको बाटोमा ल्याउनुपर्ने बताए । विभिन्न संस्थाहरू लागूऔषध क्षेत्रमा कार्य गरिरहे पनि पर्सामा त्यसको सकारात्मक असर पर्न नसकेको उनले बताए ।
शिक्षा, स्वास्थ्यमा परिवर्तनको आवश्यकता भएको भन्दै उनले यी क्ष्Fेत्रमा प्रतिफल देखाउने गरी काम गर्नुपर्ने सुझाव दिए । उनले सूचीकृत नभएका औषधिहरूको प्रयोग बढिरहेकामा स्वास्थ्यकर्मी, चिकित्सकहरूले गम्भीरता देखाउनुपर्ने सुझाव दिए । स्वास्थ्य क्षेत्रमा महिला सहभागिताले ठूलो परिवर्तन ल्याउने भन्दै कम्तीमा ४० प्रतिशत सहभागिता जनाएर काम गर्दा देशभर प्रतिफल देखिएकोले सोहीअनुरूप काम गर्न सुझाव दिए ।
समीक्षा गोष्ठीको पहिलो दिनमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्ष्Fक विजय चौहान, जिसस पर्साका उपसभापति पुरन कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले गरेका थिए ।