प्रस, वीरगंज, ७ असोज/
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजना, गभर्मेन्ट टु गभर्मेन्टको सोमवार घोषणा गरेको छ ।

कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी (नेपाल कन्ट्री प्लान २०२४–२०२८)को पनि उद्घाटन गरिएको थियो, जसमा नेपालमा खाद्य र पोषण सुरक्षा सुधार गर्न अमेरिकी सरकारको दृष्टिकोण प्रस्तुत गरिएको छ ।

युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूमार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई सुदृढ गर्नको लागि नेपाल सरकारको क्षमता अभिवृद्धि गर्नेछ । परियोजनाले ६९,००० घरधुरीलाई ५३,००० हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्नेछ ।

नयाँ ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लान गरीबी, भोकमरी, र कुपोषणलाई दिगोरूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ । यस कन्ट्री प्लान अन्तर्गत तराई र पहाडका २६ जिल्ला समावेश हुनेछन्, जस अन्तर्गत अमेरिकी सरकारको कृषि विकास कार्यक्रमलाई मधेस प्रदेशसम्म विस्तार गरी नेपालको सबैभन्दा जोखिममा रहेका जनसङ्ख्यामा अझ बढी पहुँच बढाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here