प्रस, पोखरिया, ५ असोज/
पोखरिया नगरपालिका–९ सेमरवारीमा ढलान सडक निर्माण हुने भएको छ । उपप्रमुख रूबी ठाकुरले शनिवार ढलान सडक निर्माणको लागि शिलान्यास गरिन् । उनले रु १० लाखको लागतमा कोटेशनमा ढलान सडक गत वर्षको बजेटबाट निर्माण हुन गइरहेको बताइन् । ढलान सडक निर्माणमा सबै वडावासीले निगरानी गरेर कमसल काम हुन नदिन सुझाइन् ।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष नौशाद आलम, ओभरसियर लालबाबू कुशवाहा, दीपक ठाकुरलगायतको सहभागिता थियो ।