प्रस, पोखरिया, ५ असोज/
दृष्टि आँखा अस्पताल वीरगंजको प्राविधिक सहयोग र बजरङ्ग युवा क्लब पोखरियाको आयोजनामा शनिवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

पोखरिया नपा–४ बजारमा आयोजित शिविरमा ३२५ जनाले आँखा चेकजाँच गराएका थिए । चेकजाँच गराएका ३२५ जनामध्ये ८० जनामा मोतीबिन्दु फेला परेको दृष्टि आँखा अस्पतालका डा मुकेश यादवले बताए ।

उनले शिविरमा आएका बिरामीहरूलाई निश्शुल्क औषधि र सहुलियतमा चश्मा उपलब्ध गराएको बताए । मोतीबिन्दु फेला पारिएका बिरामीहरूको भने यही असोज ८ गते मङ्गलवारदेखि शल्यक्रिया गरिने उनले बताए ।

क्लबका अध्यक्ष पवन गुप्ताको अध्यक्षतामा भएको शिविरमा दृष्टिका रैजुप्रसाद साह, अनिल साह र अमित दासले प्राविधिक सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here