प्रस, परवानीपुर, ५ असोज/
जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित घण्टीमाई सहकारीले प्रदान गर्दै आएको घण्टीमाई सहकारी पत्रकारिता–२०८१ पुरस्कार बाराका पत्रकार दिवाकर भण्डारीलाई प्रदान गरेको छ ।

घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले १२औं वार्षिक साधारणसभा समारोहमा पत्रकार भण्डारीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ एशिया प्यासिफिक सञ्चालक सदस्य मीनराज कँडेल, संस्थाकी अध्यक्ष कोपिला सिम्खडा, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र पूर्वउपप्रमुख सरस्वतीदेवी चौधरीलगायतले पत्रकार भण्डारीलाई पाँच हजार नगदसहितको सो पुरस्कार प्रदान गरेका थिए । पत्रकारिताको माध्यमबाट सहकारी र सामाजिक क्षेत्रमा रचनात्मक ढङ्गले योगदान पु¥याएको उल्लेख गर्दै घण्टीमाईले पत्रकार भण्डारीलाई सम्मान गरेको हो ।

कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख
राजन पौडेललगायतको सहभागिता थियो । संस्थाकी अध्यक्ष सिम्खडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव त्रिलोकविक्रम शाहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here