प्रस, बडनिहार, ५ असोज/
पर्सागढी नगरपालिका–३ लच्का खोलानजीक मधेस प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल सवार गाडीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

मन्त्री जयसवाल महुवनबाट बडनिहार हुँदै जीतपुर कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनी चढेको
प्र २ –०२–००१–झ ०१८२ नम्बरको सरकारी गाडीले वीरगंजबाट पर्सागढी नपाको हरपुर ससुराली आइरहेका दीपकदास तत्वाले चलाएको ना.६४प ८४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार तत्वा र निजकी पत्नी घाइते भएका हुन् ।

घाइते तत्वा दम्पतीलाई बडनिहारस्थित स्थानीय मेडिकलमा उपचार गराएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बडनिहारका सहायक प्रहरी निरीक्षक सञ्जय रामले दुवै पक्षलाई चौकीमा छलफल गराएर घाइतेको उपचार र मोटरसाइकलको मर्मतसम्भार गर्ने शर्तमा मन्त्री सवार गाडीका चालकलाई छाडेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here