प्रस, पोखरिया, ४ असोज/
धोबिनी गाउँपालिकाको गाउँसभा शुक्रवार सम्पन्न भएको छ । गापा अध्यक्ष मदनप्रसाद चौहानको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष मञ्जु देवीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले आव २०८१/८२ को लागि ३९ करोड एक लाखको अनुमानित आय–व्यय प्रस्तुत गरेका थिए ।
असारमा गर्नुपर्ने गाउँसभा अल्पमत र बहुमतको विषयलाई लिएर हुन सकेको थिएन । रौनियार प्रमुख प्रशासकीय अधिकृत भएरसो गापामा आएपछि उनले जनप्रतिनिधिहरूबीच सहमति गराएपछि गाउँसभा भएको हो । यससँगै पर्सामा १३ वटा पालिकाको नगर/गाउँ सभा सम्पन्न भएको छ ।
अब बहुदरमाई नगरपालिकाको मात्र नगरसभा हुन बाँकी छ । यस अघि हालै केही दिन अघि कालिकामाई गापाले गाउँसभा गरेको थियो ।