नितेश कर्ण, वीरगंज, २९ भदौ/
ब्राह्मण समाज नेपाल बाराको शनिवार कलैया नगर अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले राजेश तिवारीको अध्यक्षतामा सात सदस्यीय नगर समिति सर्वसम्मतिले चयन गरेको छ ।
समितिको उपाध्यक्ष अमोद पाण्डेय, सचिव मुनचुन तिवारी, सहसचिव बृजमोहन पाण्डेय, कोषाध्यक्ष प्रमोद पाण्डेयलगायत सदस्यहरू रहेका कार्यवाहक अध्यक्ष मुक्तिनाथ तिवारीले बताए ।
यस अघि नगर अधिवेशनको ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष देवनाथ उपाध्यायले उद्घाटन गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सचिव प्रेमलाल पाण्डेय, केन्द्रीय सदस्य कार्तिकदेव पाण्डेय, एमालेका जिल्ला अध्यक्ष अद्यानन्द पाण्डेय, कलैया उपमहानगरका वडाध्यक्ष अशोक तिवारी, रामाकान्त तिवारी, अजयकुमार तिवारी, विनोद मिश्र, जगरनाथ पाण्डे, रमेश तिवारी, वेदप्रकाश दुबेलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिवशङ्कर मिश्रले गरेका थिए ।