प्रस, वीरगंज, २९ भदौ/
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्राडा जैनुद्दीन अन्सारी निर्वाचित भएका छन् । कलेजको शुक्रवार सम्पन्न २४औं वार्षिक साधारणसभाले मेडिकल व्यवसायी एवं सर्जन प्राडा अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

लामो समयदेखि कलेजका अध्यक्ष रहेका डा भोला रिजालले प्राडा अन्सारीलाई अध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । यस अघि प्राडा अन्सारी कलेजका प्रबन्ध निर्देशक थिए । प्राडा अन्सारीसँगै साधारणसभाले डा आनन्दप्रसाद श्रेष्ठ, डा साविहा यासमिन, शाहनबाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

अध्यक्ष पदमा निर्वाचित भएपछि प्राडा अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाइ र सफलतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । आफू मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताए ।

साधारणसभामा कलेज सञ्चालक सदस्य डा भोला रिजालले संस्थापक अध्यक्ष डा सच्चेकुमार पहारीले २०६७ सालमा कलेजको जिम्मेवारी दिएकोमा आजसम्म विश्वास र सहयोग गरेकोमा धन्यवाद दिए । कार्यक्रममा सञ्चालक समिति सदस्य डा आनन्दप्रसाद श्रेष्ठले नयाँ नेतृत्वले कलेजको व्यवस्थापन सम्हालेपछि स्वास्थ्य सेवा, मेडिकल शिक्षासँगै कलेजको आर्थिक र व्यवस्थापकीय पाटो बलियो भएर गएको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here