प्रस, पोखरिया, २८ भदौ/
लघुवित्त पीडितहरूले शुक्रवार जीराभवानी गाउँपालिका–२ सेढवामा संयुक्त आन्दोलन तथा जिल्ला भेला गरेका छन् ।

लघुवित्तविरुद्धको आन्दोलनमा दुर्गा प्रसाईं र मनिराज ज्ञवालीले अलगअलग अFन्दोलन गर्दै आएकामा उनीहरूबीच कार्यगत एकता भएको अवसरमा आज सेढवामा संयुक्त आन्दोलन र जिल्ला भेला गरिएको थियो ।

भेलामा सहभागी केन्द्रीय सल्लाहकार सदस्य गोवद्र्धन यादव, जिल्ला उपाध्यक्ष लालसा देवी, सफीभूषण साह, पाना देवी, लक्ष्मण पटेललगायतका वक्ताहरूले सरकारले एनसेललगायत ठूला व्यापारीहरूको अर्बौं बक्यौता असुल्न नसकेको तर सानातिना ऋणीहरूलाई तर्साउने काम गरेको आरोप लगाए ।

उनीहरूले लघुवित्तबाट ऋण लिएकाहरूको ऋण माफीको कुरामा सरकार अनुदार देखिएको र ब्याजसमेत मिनाहा गर्न नसकेको अवस्थामा अहिले पनि लघुवित्त कर्मचारीहरूको आतङ्क जारी रहेको बताए । उनीहरूले ऋण नतिरेकाहरूको घरमा जाने र धम्क्याउने जस्ता कार्यहरू गर्ने कर्मचारीहरूलाई खबरदारी पनि गरे ।

छठपछिको आन्दोलन वार कि पारको हुने भन्दै यसबीचमा सिर्जित समस्याहरूको समाधानका लागि पहल हुने र सरकार नमाने परिणाममुखी आन्दोलनको विकल्प नहुने उनीहरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here