प्रस, वीरगंज, २८ भदौ/
वीरगंज कपडा बैंकले शुक्रवार घण्टाघरमा निश्शुल्क कपडा वितरण गरेको छ । वीरगंज कपडा बैंकका सचिव कन्हैया पटेलले आज ८५० थान कपडा वितरण भएको बताए ।
वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक सुरेन्द्रप्रसाद कुर्मी, सल्लाहकारहरू पन्नालाल गुप्ता, प्रकाश उपाध्याय, ओमप्रकाश सर्राफ, हुकुम सिंह राजपूत, श्रवण रायमाझी, मोनिका सिंहलगायतको सहभागिता थियो ।
कपडा बैंकले वीरगंजमा छ वर्षदेखि निश्शुल्क कपडा वितरण गर्दै आएको छ । ‘हुनेले दिने नहुनेले लिने’ नाराका साथ कपडा बैंक वीरगंज–८ पानीटङ्की रोडमा सञ्चालनमा छ ।